सातामा ७ बलात्कार, ४ दिनमा ३ बालिका बलात्कृत

काठमाडौं, चैत १ – मोरङ, पथरीकी १३ वर्षीया बालिका सोमबार घुमफिर गर्न बस चढेर विराटनगर आइन्। सहचालक पथरीकै रुपेश राईले बसपार्कमा ओर्लनेबित्तिकै उनीमाथि आँखा लगायो। उसले ती बालिकालाई सँगै चिया पिउन कर गर्यो र फकाएर विराटनगर –१५ स्थित साथी सचिन सुब्बाको डेरामा पुर्यायो।

बालिकालाई त्यही दुवैले जबरजस्ती करणी गरे। बालिका चिच्याएको सुनेर छिमेकीले प्रहरीलाई खबर गरे, प्रहरीले तत्कालै बालिकाको उद्धार गर्यो। सचिन र रुपेश पक्राउ परे। मोरङ प्रहरी प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालका अनुसार ती दुवैमाथि जबर्जस्ती करणी मुद्दा चलाइने तयारी छ।

पूर्वाञ्चलका मोरङ, झापा, संखुवासभा र तेह्रथुममा यही साता मात्र बलात्कारका सात घटना भएका छन्। ६ घटनाका आरोपीलाई प्रहीले नियन्त्रणमा लिएको समाचार आजको नागरिक दैनिकले छापेको छ। संखुवासभामा एउटी बालिकामाथि सामूहिक बलात्कारमा संलग्नको पहिचान भए पनि उनीहरु पक्राउ परेका छैनन्। बलात्कृत सातमध्ये दुई जना आफ्नै बुबाको सिकार भएका छन्।

उता, वीरगन्जमा अर्की एक किशोरी बलात्कृत भएको खबर छ। छप्कैयास्थित आफ्नै डेरामा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्। शनिबार झिसमिसेमै आफूलाई जबरजस्ती काठाभित्र तानेर बलात्कार गरेको किशोरीले बताएपछि प्रहरीले २८ वर्षीय सञ्जित कर्णलाई पक्राउ गरेको हो।

४ दिनमा ३ बालिका बलात्कृत
चार दिनमा चैनपुर नगरपालिका भित्र तीन बालिकामाथि बलात्कार भएको छ। मंगलबार यता चैनपुरका बिभिन्न स्थानमा ११, १२ र १३ वर्षीया बालिका बलात्कृत भएका हुन्। यसमध्ये एक जना आफ्नै बाबुद्वारा तथा अर्को बालिका सामूहिक बलात्कारमा परेकी हुन्।

चैनपुर-१२, कटहरेमा शुक्रबार दिउँसो ४१ वर्षीय व्यक्तिले १३ वर्षिया छोरीलाई जबर्जस्ती गरेका छन्। पीडित बालिकाको बयानको आधारमा आरोपी बाबुलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी प्रमुख नायव प्रहरी उपरीक्षक कमल थापाले बताए। डिएसपी थापाका अनुसार आफ्नै बाबुद्वारा घरमै पीडित भएकाले उनको पुनस्र्थापनको पनि प्रयास भइरहेको समाचार कान्तिपुर दैनिकमा छ।





Comments

comments

4438