Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

माइक टाइसनको भविष्यबाणी – ‘म्यानी प्याकियाओले जित्ने’

विजय थापा / एचकेनेपाल डट कम –
डिसी। खेल जगतको सबैभन्दा महँगो बक्सिङ मे २ तारिखमा फिलिपिन्सका चर्चित मुड्कीवाज म्यानी प्याकियाओ तथा अमेरिकाका अपराजित मे वेदरबिच भिडन्त हुने भएको खबरले विश्वका करौडौ खेलप्रेमी तथा प्रशंसकहरु खुशीले झुमेका छन्।

म्यानी प्याकियाओले आठ वटा विभिन्न तौल समूहमा ईतिहास रचेका छन् भने मे वेदरले आफ्नो वजनमा अपराजित भै ईतिहास रचेका छन्। म्यानी प्याकियाओ फिलिपिन्सबाट अमेरिका मार्चको पहिलो हप्तामा आई पुगेका छन् भने बन्द शिबिरमा भिषण प्रशिक्षण लिई रहेका छन्। सर्वेक्षणमा ज्यादा मानिसले म्यानी प्याकियाओले जित्ने मत दिने गरेको देखिएको छ।

पूर्वहेवीवेट विश्व बिजेता माइक टाइसन म्यानी प्याकियाओका प्रसंशक हुन्। अधिकांश म्यानी प्याकियाओले जित्ने छन् भनि भबिष्यबाणी गर्दै आएका छन्। संचार माध्यममा उनले फेरी यो भिडन्तमा म्यानी प्याकियाओले जित्ने छन् भनि तर्कसमेत प्रस्तुत गरेका छन्। अमेरिकामा रहेका पूर्वबक्सिङ्गसंग सम्बन्धित खेलाडीहरुसंग लिइएको प्रतिक्रियामा अधिकांशले म्यानी प्याकियाओको पक्षमा मत दिएका छन् भने आंशिकले मे वेदरले जित्ने छन् भनि भबिष्यबाणी गरेका छन्।

माइक टाइसन भन्छन् म्यानी प्याकियाओले फरक शैलीगत रुपमा खेल्ने हुनाले त्यो उनलाई फाईदा छ। मेरो बिचारमा म्यानी प्याकियाओ बिजयी हुने छन्। प्याकियाओको अनवरत गति छ, शक्ति छ सधै प्रहार गरि रहन्छन् र कहिले बिश्राम गर्दैनन्। तर, मे वेदर पनि राम्रा छन् तर प्याकियाओ जति मुक्का प्रहार गर्न सक्दैनन् तर म्यानी प्रत्येक घन्टी सयौं प्रहार बर्साउन सक्छन्। यसै गरि म्यानी प्याकियाओसंग पराजित भएका अस्कार डेला होयाले पनि म्यानी प्याकियाओले जित्ने भबिष्यबाणी गरेका छन्।

अमेरिकामा खेलिने बिश्व कै सबै भन्दा खतरा तथा डरलाग्दो युएफसीकी आफ्नो तौलकी सर्बश्रेष्ठ अपराजित बिजेता रोंडा रुसीले पनि म्यानी प्याकियाओको पक्षमा भबिष्यबाणी गरेकी छिन् भने हेर्न मन लागेको बताएकी छिन्।





Comments

comments

5039