एचकेनेपाल डट कम –
हङकङ, १५ मे । हङकङमा आज कोभिड-१९ पुष्टि भएका कुल २५९ संक्रमित केसहरु थपिएका छन्।
स्वास्थ्य सुरक्षा केन्द्रका डा. चुआङ शुक क्वानका अनुसार २२६ स्थानीय र ३३ आयातित गरी २५९ संक्रमित केसहरु थपिएका छन्।
पाँचौं लहरमा मात्रै कोरोना संक्रमितको संख्या हङकङमा ११,९५,८७५ पुगेको छ।
हङकङमा २४ घण्टाभित्र थप १ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म कुल ९,१४८ बिरामीको मृत्यु भएको छ।
२४ घण्टामा ५५ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।