चीनको सांघाइमा घट्यो कोरोनाको सङ्क्रमण..

सांघाइ, चीनको सांघाइमा कोरोनाको सङ्क्रमण घटेको पाइएको छ। यहाँ गएको २४ घण्टामा यहाँका स्थानीय स्तरमै सङ्क्रमित भएकाको सङ्ख्या ८२ मात्र रहेको छ।

यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घण्टामा चीनको सांघाइ सहरमा सङ्क्रमित व्यक्तिमध्ये ८२ जना स्थानीय स्तरमै सङ्क्रमित भएकाहरु पाइएका छन्।

उता यहाँ बाहिरबाट आएका अन्य सङ्क्रमितहरु भने २६३ जना रहेका छन् । ती सङ्क्रमितहरु विदेश तथा चीनका अरु सहरबाट आएकामा पाइएको बताइएको छ ।पछिल्लो केही दिनयता कोरोनाभाइरसका सङ्क्रमितको संख्या केही मात्रामा घट्न थालेको पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।

सांघाइ म्युनिसिपल हेल्थ कमिसनले दिएको जानकारीअनुसार यहाँ तीन हप्ता अघि दैनिक कम्तीमा २ हजारदेखि माथि नै पाइने गरेका सङ्क्रमितहरुको सङ्ख्या अहिले घटेको छ । पछिल्ला केही दिनयता सङ्क्रमित व्यक्तिको सङ्ख्या घट्न थालेको स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन् । चीनका विभिन्न सहरमा कोरोना भाइरसका सङ्क्रमितहरुको सङ्ख्या प्रत्येक दिन घट्दै गएका बताइएको छ। रासस / सिन्ह्वा

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

50693