हङकङमा आज २१२ स्थानीय र २५ आयातित संक्रमित थपिए..

एचकेनेपाल डट कम –

हङकङ, २२ मे । हङकङमा आज कोभिड-१९ पुष्टि भएका कुल २३७ संक्रमित केसहरु थपिएका छन्।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. अल्बर्ट औका अनुसार २१२ स्थानीय र २५ आयातित गरी २३७ संक्रमित केसहरु थपिएका छन्।

पाँचौं लहरमा मात्रै कोरोना संक्रमितको संख्या हङकङमा ११,९७,५२८ पुगेको छ।

हङकङमा २४ घण्टाभित्र कोरोनाबाट मृत्यु हुनेको संख्या थपिएको छैन। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म हङकङमा मृत्यु हुनेको कुल संख्या ९,१५७ पुगेको छ।

२४ घण्टामा ४७ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।





Comments

comments

50787