बालेनको निरन्तर अग्रता, स्थापित तेश्रोमा…!

एचकेनेपाल डट कम –

काठमाडौं महानगरपालिका मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले ४४१८३ मत पाएर आफ्नो अग्रता कायम राखेका छन्।

उनका निकट प्रतिद्वन्द्वी सत्ता गठबन्धन उम्मेदवार नेपाली कांग्रेसका सिर्जना सिंहले २५८३५ मत प्राप्त गरेकी छन्। त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २५०२२ मत पाएका छन्।

उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले ४५८७५ मत ल्याएकी छन्। उनी अरुभन्दा झण्डै तेब्बर मतले अघि छिन्। सत्ता गठबन्धन उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का रामेश्वर श्रेष्ठले १५२८२ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका बिनिता मगैयाले ७०२३ मत प्राप्त गरेका छन्।

बालेन




Comments

comments

50589