हङकङमा ३ महिना यताकै थोरै कोरोना संक्रमित, टर्की एयरलाइन्सलाई हङकङमा यात्रु ल्याउन प्रतिबन्ध!..

एचकेनेपाल डट कम –

हङकङ, २३ मे । हङकङमा आज कोभिड-१९ पुष्टि भएका कुल १९० संक्रमित केसहरु थपिएका छन्। यो ३ महिनायता कै न्यून कोरोना संक्रमित केसको संख्या हो।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. अल्बर्ट औका अनुसार १६२ स्थानीय र २८ आयातित गरी कुल १९० संक्रमित केसहरु थपिएका छन्।

कुल २१ विद्यालयले आज पुष्टि भएका केसहरु रिपोर्ट गरेका छन्, जसमा २० विद्यालयका १९ विद्यार्थी र २ कर्मचारी सदस्य छन्। यसका साथै ताइकु शिङस्थित म्याकडोनाल्ड समूहका थप दुई जनामा पनि यो भाइरसको संक्रमण देखिएको जनाएको छ।

हङकङमा २४ घण्टाभित्र कोरोनाबाट मृत्यु हुनेको संख्या थपिएको छैन। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म हङकङमा मृत्यु हुनेको कुल संख्या ९,१५७ पुगेको छ।

२४ घण्टामा २७ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।

यसैबीच, टर्की एयरलाइन्सको विमान (TK070)लाई मे २४ देखि २८ सम्म हङकङमा यात्रु ल्याउन प्रतिबन्ध लगाइएको छ। २१ मे मा हङकङ आएका टर्की एयरलाइन्सको ४ यात्रुमा कोरोना पोजिटिभ देखिएको र २ यात्रुले हङकङको कोरोना नियम पालना नगरेको जनाइएको छ।

तलको भिडियो हेर्नुभयो? हेर्नुभएको छैन भने एक पटक हेर्नुहोला है.. 🙏

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

50804