एचकेनेपाल डट कम –
हङकङ, २३ मे । सोमवार साँझ फेरी स्ट्रीट मोङ कोकमा डर लाग्दो सडक दुर्घटना हुंदा एक ४० वर्षीया महिलाको ज्यान गएको छ।
लगातार गाडीहरु कुदिरहने १० लेनको सडक पार गर्ने क्रममा ट्याक्सीले ठक्कर दिंदा महिला गम्भीर घाइते भएकी थिइन्। दुर्घटनापछि गम्भीर घाइते भएकी महिला र सामान्य घाइते भएका ट्याक्सीका दुई यात्रु गरी तीनै जनालाई एम्बुलेन्समा उपचारका लागि अस्पताल लगिएको थियो।
दुर्भाग्यवश, महिला पीडित गम्भीर चोटहरूको कारण मृत्यु भएको जनाइएको छ।
ट्याक्सीको अगाडिको भागमा क्षति पुगेको छ। प्रहरीले मृतकको जुत्ता नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको स्थानीय मिडियाले जनाएको छ।
केही व्यक्तिहरूले सुविधाको लागि नजिकै रहेको पैदल पुल छोडेर गाडीहरु कुदिरहने सडक सीधै पार गर्दा यस्तो दुर्घटना घटेको बताइएको छ।