हङकङमा आज संक्रमण पुष्टि भएका २७५ थपिए, ३७ विद्यार्थी र ७ शिक्षक कर्मचारीमा नयाँ पोजिटिभ केस फेला पऱ्यो….

एचकेनेपाल डट कम –

हङकङ, ३० मे । हङकङमा आज कोभिड-१९ पुष्टि भएका कुल २७५ संक्रमित केसहरु थपिएका छन्।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. अल्बर्ट औका अनुसार २२७ स्थानीय र ४८ आयातित गरी कुल २७५ संक्रमित केसहरु थपिएका छन्।

आयातित केसहरुमा अमेरिका, बेलायत, सिंगापुर, अस्ट्रेलिया, फ्रान्स, क्यानडाबाट, ताइवान, इन्डोनेसिया, स्पेन, पोल्याण्ड र फिलिपिन्सबाट आएका रहेका छन्।

३४ विद्यालयहरूमा ४५ नयाँ केसहरू (३७ विद्यार्थी र ७ शिक्षक कर्मचारी) रेकर्ड गरिएको छ। डेलिया स्कुल क्यानडा र पोक ओइ हस्पिटल ताङ पुई किंग मेमोरियल कलेजमा गरी ६ जनामा नयाँ पोजिटिभ केस फेला परेका छन्।

हङकङमा २४ घण्टाभित्र कोरोनाबाट २ जनाको मृत्यु भएको छ। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म हङकङमा मृत्यु हुनेको कुल संख्या ९,१६५ पुगेको छ।

२४ घण्टामा २३ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।





Comments

comments

51050