तारा एयरको विमान क्षतविक्षत अवस्थामा भेटियो.!

पोखराबाट जोमसोमका लागि उडेको सम्पर्कविहीन तारा एयरको जहाज हिमालको फेदीमा क्षतविक्षत अवस्थामा भेटिएको छ।

तारा एयरले आइतबारदेखि बेपत्ता रहेको जहाज १४ हजार ५०० मिटरमाथि दुर्घटनामा परेको जनाएको छ। तारा एयरले विमान मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नम्बर २ को सानुसरे भीरमा १४,५०० फिटको उचाईमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी गराउँदा स्तब्ध छौँ, बिज्ञप्तिमा भनेको छ।

शव नजलेको र चिनिने अवस्थामा रहेको सामाजिक अभियन्ता एवं होटल व्यवसायी इन्दुसिंह शेरचनले बताएका छन्। दुर्घटनामा मृत्यु भएकाहरुको शव सिधै काठमाडौं ल्याएर आफन्तको जिम्मा लगाइने अधिकारीहरुले बताएका छन्। विमान क्षतविक्षत अवस्थामा आज बिहान गोठाला र स्थानीयबासीको टोलीले भेटाएका हुन्। कुहिरो र प्रतिकूल मौसमका कारण आइतबार घटनास्थलमा पुग्न सकिएको थिएन।

१९ जना यात्रु र ३ जना चालक दलका सदस्य गरी २२ जना सवार ९ एन एईटी कलसाइनको ट्वीनअटर जहाज आइतवार बिहान पोखराबाट मुस्ताङका लागि उडेको थियो।





Comments

comments

50987