हङकङमा आज कोरोनाको ४४६ नयाँ केस थपिए…

एचकेनेपाल डट कम –

हङकङ, ४ जुन । हङकङमा आज कोभिड-१९ पुष्टि भएका कुल ४४६ संक्रमित केसहरु थपिएका छन्।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. चुआंग सुक क्वानका अनुसार ३८२ स्थानीय र ६४ आयातित गरी कुल ४४६ संक्रमित केसहरु थपिएका छन्। पाँचौं लहरको सुरुवातदेखि हङकङमा कुल १२०२,००७ कोभिड-१९ का केसहरू रेकर्ड भएका छन्।

६४ आयातितमध्ये ३० जनामा विमानस्थलको अस्थायी नमूना परीक्षण केन्द्रमा पोजेटिभ देखिएको छ भने तोकिएका क्वारेन्टिन होटलमा २४ जनामा पोजेटिभ देखिएको छ। तीमध्ये १० जना हङकङ आएको ७ दिनपछि पोजेटिभ देखिएको जनाइएको छ।

हङकङमा २४ घण्टाभित्र कोरोनाबाट कुनै पनि विरामीको मृत्यु भएको छैन। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म हङकङमा मृत्यु हुनेको कुल संख्या ९,१६८ पुगेको छ।

२४ घण्टामा २५ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।





Comments

comments

51248