कोलोराडोको नर्थग्लेनमा नेपाली भाषा पाठशाला सञ्चालन

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –

कोलोराडो अमेरिका, कोलोराडोको नर्थग्लेनस्थित क्रसरोड कम्युनिटी सेन्टरमा शनिवार एक समारोहबिच नेपाली भाषा पाठशालाको शुभारम्भ गरिएको छ।

कोलोराडोमा सक्रिय संस्थाहरु अन्तर्राष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टर, नेपाली घर, रकी माउन्टेण्ड फ्रेन्ड्स अफ नेपाल, सिष्टरग्रुप दिदीबहिनी समूह कोलोराडो, कोलोराडो नेवाः खल र ब्लड डोनर्स अफ अमेरीकाको संयुक्त प्रयासमा शुरु भएको हो।

भाषा पाठशालामा सहभागी हुन आएका बालबालिकाले संयुक्तरुपमा रिवन काटेर कार्यक्रम हलमा प्रवेश गरेका थिए। नेपाली, अमेरिकन राष्ट्रियगानसंगै गणेश बन्दना र सरस्वती बन्दना गाएर कार्यक्रम सुरु गरिएको थियो। प्रत्येक शनिबार दिउंसो २ बजेबाट ४ बजेसम्म संचालन हुने नेपाली भाषा पाठशालामा सहभागी हुन ३२ जना बाल बालिकाहरुले नाम दर्ता गराएका बताईएको छ।

कार्यक्रमको महत्वबारे प्रकाश पार्दै अन्तर्राष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टर अध्यक्ष राजु सिटौलाले प्रवासमा नेपाल र नेपाली चिनाउने मुख्य माध्यम भनेकै हाम्रो भाषा संस्कृति हो। यहाँ जन्मेका बाल बलिकाहरुलाई यसरी भाषा संस्कृति सिकाउदै नजाने हो भने हाम्रो भाषा संस्कृति यहि पुस्तामामात्र सिमित रहने खतरा बढ्दै गएको कारण भाषा शिक्षाको कार्यक्रम शुरु गर्न लागिएको बताए। उनले यस भाषा कक्षालाई सफल पार्न सधै सबैको साथ र सहयोग रहिरहने बिश्वास ब्यक्त गरे।

अन्तर्राष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टर महासचिव किरण अधिकारीले संचालन गरेका कार्यक्रममा भाषा पाठशालामा बाल बालिकाहरुलाई अध्यापन गराउने गुरु आमा गुरुबाहरुले पनि आ–आफ्नो धारणा राखेका थिए। यसरी धारणा राख्नेहरुमा धन पौडेल, प्रतिभा शर्मा र हरिभक्त आचार्य रहेका थिए । उनीहरुले बाल बालिकाहरुको क्षमता मुल्याङकन गरी त्यसको आधारमा कक्षा अगाडि बढाउने योजना रहेको बताए। यस कार्यक्रमलाई प्रभावकारी बनाउन अभिभावकको ठूलो हात रहेको बताउदै यसलाई सफल पार्न सबैको साथ र सहयोग रहने आशा ब्यक्त गरे।

कार्यक्रममा आयोजक संघ संस्थाका प्रतिनिधि पाठशालामा सहभागी बाल बालिका र उनका अभिभावक, गन्यमान्य, समाजसेवीहरुको उलेख्य उपस्थिति रहेको थियो। कोलोराडोकै अरोरामा यस अघिनै भाषा पाठशालाको शुरु भई सकेको छ। यसअघि, दुईबर्ष सम्म संचालन भएको लङमन्टमा भने यसबर्ष संचालन गर्ने योजना नभएको बताईएको छ। भाषा कक्षामा उपस्थित छात्र छात्राहरुलाई लेख्न पढ्न मात्र नभएर, नेपाली भाषामा बोल्ने, कथा, कबिता भन्ने, नाच गान गर्ने, कार्टुन देखाउने जस्ता बिभिन्न माध्यमबाट भाषा सिकाउने गरिएको छ।





Comments

comments

51262
%d bloggers like this: