हङकङमा आज कोभिड-१९ को केस १६ अप्रिलपछि कै उच्च…

एचकेनेपाल डट कम –

हङकङ, ११ जुन । हङकङमा आज कोभिड-१९ को केस १६ अप्रिलपछि कै उच्च रेकर्ड गरिएको छ। हङकङमा आज कोभिड-१९ पुष्टि भएका कुल ८५१ संक्रमित केसहरु थपिएका छन्।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. चुआंग सुक क्वानका अनुसार ७७७ स्थानीय र ७४ आयातित गरी कुल ८५१ संक्रमित केसहरु थपिएका हुन्।

कोभिड-१९ को ८५१ केसमध्ये ४९१ पीसीआर र ३६० जनाको आरएटी परीक्षणबाट पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन्। पाँचौं लहरको सुरुवातदेखि हङकङमा कुल १२०५,७३० कोभिड-१९ का केसहरू रेकर्ड भएका छन्।

आयातितमध्ये ३० जनामा विमानस्थलको अस्थायी नमूना परीक्षण केन्द्रमा पोजेटिभ देखिएका हुन् भने तोकिएका क्वारेन्टिन होटलमा ३१ जनामा पोजेटिभ देखिएको छ।

ल्यान क्वाई फोंगको प्रकोप क्लस्टरमा पाँच केसहरू थपिएका छन्। हालसम्म यस प्रकोपसंग जोडिएको संख्या ११२ ग्राहक र ६ कर्मचारी पुगेको छ।

हङकङमा २४ घण्टाभित्र कोरोना संक्रमित कुनै पनि बिरामीको मृत्यु भएको छैन। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म हङकङमा मृत्यु हुनेको कुल संख्या ९,१७७ पुगेको छ।

२४ घण्टामा ५० जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।





Comments

comments

51557