अनाथालयकी बालिकामाथि बलात्कार आरोपमा अध्यक्ष र सचिव पक्राउ…

बलात्कार गरेको आरोपमा इलामको राहसल बाल अनाथालयका अध्यक्ष र सचिवलाई प्रहरीले पक्राउ गरेको छ।

अनाथालयकी बालिकालाई बलात्कार गरेको जाहेरी परेपछि अनाथालयका सचिव कवीन्द्र राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए।

राई नेपाल विद्युत् कार्यालय इलाममा कार्यरत कर्मचारीसमेत रहेको बताइएको छ।

प्रहरी प्रमुख श्रेष्ठका अनुसार सोही अनाथालयका अध्यक्ष राजेन्द्र चौहानसमेत पक्राउमा परेका छन्।

उनीमाथि पनि आरोप लागेपछि अनुसन्धानका लागि पक्राउ गरिएको जनाइएको छ।

राईलाई बिहीबार नै पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ भने चौहानलाई समेत म्याद थप गरेर विस्तृत अनुसन्धान गरिने भएको छ। रासस





Comments

comments

51554