Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
हङकङमा आज कोभिड-१९ को केस लगातार दोस्रो दिन पनि उच्च… – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

हङकङमा आज कोभिड-१९ को केस लगातार दोस्रो दिन पनि उच्च…

एचकेनेपाल डट कम –

हङकङ, १२ जुन । हङकङमा आज कोभिड-१९ को केस १६ अप्रिलपछि लगातार दोस्रो दिन पनि उच्च रेकर्ड गरिएको छ। हङकङमा आज कोभिड-१९ पुष्टि भएका कुल ८१४ संक्रमित केसहरु थपिएका छन्।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. चुआंग सुक क्वानका अनुसार ७०८ स्थानीय र १०६ आयातित गरी कुल ८१४ संक्रमित केसहरु थपिएका हुन्।

कोभिड-१९ को ८१४ केसमध्ये ३६४ पीसीआर र ४५० जनाको आरएटी परीक्षणबाट पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन्। पाँचौं लहरको सुरुवातदेखि हङकङमा कुल १२०६,५४४ कोभिड-१९ का केसहरू रेकर्ड भएका छन्।

आयातितमध्ये ६४ जनामा विमानस्थलको अस्थायी नमूना परीक्षण केन्द्रमा पोजेटिभ देखिएका हुन् भने तोकिएका क्वारेन्टिन होटलमा ३४ जनामा पोजेटिभ देखिएको छ।

हङकङमा २४ घण्टाभित्र कोरोना संक्रमित कुनै पनि बिरामीको मृत्यु भएको छैन। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म हङकङमा मृत्यु हुनेको कुल संख्या ९,१७७ पुगेको छ।

२४ घण्टामा ३५ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।





Comments

comments

51595