सिकागोमा गोली प्रहार गरी पाँचको मृत्यु, १६ घाइते..

सिकागो, अमेरिकामा पछिल्लो समय लगातार एकपछि अर्को गोली प्रहारको घटना भएका छन्। तीमध्ये सिकागोमा मात्रै पछिल्लो हप्तान्तमा भएका घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अरु १६ जना घाइते भएका छन्।

अमेरिकाभरि सुरक्षाका नाममा व्यक्ति व्यक्तिलाई बन्दुक राख्न अनुमति दिने कि नदिने बहस चलिरहेका बेला घटना पनि बढिरहेका छन् । पछिल्लो समय गोली प्रहारका घटनामा परी धेरैको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । पछिल्लो पटक शनिबार दिउसो १२.१९ बजे साउथ अल्वानीमा भएको घटनामा परी ३७ वर्षीया एक महिलाको हत्या भएको छ।

यात्रा गरिरहेकी ती महिलालाई अपरिचित व्यक्तिले विना कारण गोली प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरी अधिकारीहरुले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएका छन् । यही हप्तान्तमा सिकागोकै अन्य ठाउँहरुमा पनि गोली प्रहारका अन्य घटनासमेत भएको प्रहरी कार्यालयले जनाएको छ। रासस / एएनआई





Comments

comments

51614