Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

फेसबुकले लगायो बन्देजः के पोस्ट गर्न पाइने के नपाइने ?

एजेन्सी – विश्वभर लगभग १ अर्ब ३९ करोड (१.३९बिलियन) प्रयोगकर्ता भएको संसारकै ठूलो आमसञ्चारको माध्यम हो, फेसबुक। यसमा हरेक पल संसारका हरेक कुनामा रहेका व्यक्तिले केही न केही हालिरहेका वा हाल्न खोजिरहेका हुन्छन्। त्यसमा के–के पर्छ हामी कल्पनासम्म पनि गर्न सक्दैनौं।’

गत सोमबार फेसबुक कम्पनीले फेसबुकमा केके पोस्ट गर्न पाइँदैन भन्ने जानकारी सार्वजनिक गरेको छ। समाजमा उत्तेजना तथा हिंसा पैदा गर्ने कुनै पनि सामाग्री फेसबुकमा राख्न पाइने छैन। यद्यपि, यसो गर्दा कसैको सूचनाप्रतिको हक भने कुण्ठित हुन नहुनेमा फेसबुक सचेत रहेको बताइन्छ। फेसबुक प्रयोगकर्ता विभिन्न देशका विभिन्न तह तप्का, धर्म र समुदायका छन्। जसले गर्दा पनि फेसबुकमा के गर्न हुने वा नहुने भन्नेमा फेसबुक आफैं द्विविधामा थियो।

अब फेसबुक कुनै पनि हिंसात्मक सामग्री पोस्ट गर्न पाइँदैन। हिंसालाई बढावा दिने वा त्यसको समर्थन गर्ने खालका सामग्री पनि निषेध गरिएको छ। त्यस्तै आतंकवादसँग संलग्नता देखिने सामग्री पनि राख्न पाइँदैन। कसैलाई गाली बेइज्जती गर्न फेसबुकमा निषेध गरिएको समाचार आजको नागरिक दैनिकमा छापेको छ। आत्महत्या गर्न अभिप्रेरित गर्ने सामग्री पनि निषेधको सूचीमा राखिएको छ।

फेसबुकमा सुरुदेखि नै अश्लील क्रियाकलापका सामग्रीमा बन्देज लगाइएको छ। महिलाहरुले खुल्ला स्तन देखाएको फोटो राख्न नपाए पनि आमाले शिशुलाई स्तनपान गराइरहेको फोटो राख्न भने कुनै बन्देज छैन।

यति सबै हुँदा पनि फेसबुकले प्रयोगकर्ताको सामग्री आफैं स्क्यान गरेर भने हटाउने छैन। यसका लागि प्रयोगकर्ताले नै उजुरी गर्नुपर्छ र उजुरी गरेको ढिलामा ४८ घन्टाभित्र यस्ता सामग्री हटाइन्छन्।





Comments

comments

5192