Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एसएलसी परीक्षा दिँदादिँदै छोरा पाइन् सीताले

बाजुरा, चैत ७ – बाजुराको स्वामिकार्तिक उच्च माविमा एसएलसी परीक्षा दिँदै गर्दा सीता धामीले छोरा पाएकी छन्।

स्वामिकार्तिक उच्च मावि वाई केन्द्रबाट शुक्रबार बिहान नेपाली विषयको परीक्षा दिँदादिँदै सीतालाई सुत्केरी ब्यथा लागेको थियो।

व्यथाले च्यापेपछि बाहिर निस्कनेवित्तिकै बिहान ११ बजे सीताले छोरा पाइन, शिक्षक दीपक रेग्मीले भने। २१ वर्षीया सीताले परीक्षा केन्द्रमै छोरा पाएपछि उनलाई तत्काल एक घन्टाको पैदलबाटोमा पिठ्युमा बोकेर भार्तीकप्साडी स्वास्थ्य केन्द्रमा लगिएको समाचार नेपाल समाचारपत्र दैनिकले छापेको छ।





Comments

comments

5190