Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

‘ह्यारी पोर्टर’की लेखिका जेके रोलिङ काठमाडौंमा

काठमाडौं, चैत ७ – विश्वमा सबैभन्दा बढी बिक्री भएको उपन्यास ‘ह्यारी पोर्टर’ की लेखिका जेके रोलिङलाई आफ्नै अगाडि देख्दा ललितपुरस्थित द ब्रिटिस स्कुलका विद्यार्थी चकित परे।

आफूले पढेको विश्वविख्यात उपन्यासकी लेखिकालाई प्रत्यक्ष देख्नासाथ कति विद्यार्थी चिच्याए, कति रोए त कतिले आफैंलाई विश्वास गर्न सकेनन्। ‘विद्यार्थीलाई जानकारी थिएन,’ द ब्रिटिस स्कुलकी कक्षा ९ मा अध्ययनरत डोमा शेर्पाले भनिन्,‘बालबालिकामा आधारित उपन्यास ह्यारी पोर्टर प्रायः सबैले पढेकाले जेके जेलिङलाई आफ्नै अगाडि देख्दा विद्यार्थी एक्कासी उत्तेजित भएर चिच्याए, रोए। एकछिन त हामी सक्ड भयौं।’

स्कुलमा पुष्पगुच्छाले स्वागत गरेपछि बेलायती लेखिका रोलिङले आफ्नो कुरा राखेकी थिइन्। उनले उनको जीवन, संघर्ष, लेखनयात्रा आदिका बारेमा विद्यार्थीले राखेका जिज्ञासाको उत्तर दिइन्। अनि आफ्नो चर्चित उपन्यास ह्यारी पहिलो श्रृंखलाको केही अंश पढेर सुनाइन्।

द ब्रिटिस स्कुलले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नेपाल आएको निए पनि जेके रोलिङले बीएफबीएस गोर्खा रेडियोका स्टेशन म्यानेजर विनोदध्वज खड्कासँगको विशेष कुराकानीमा आफ्ना पुराना मित्र बेलायती दूतावासका सुरक्षा अधिकारी कर्नेल ह्यारिसलाई भेट्न आएको बताएकी छन्। पहिलो पटक नेपाल आएकी उनले कुराकानीमा सुन्दर ठाउँमा आउँदा खुसी लागेको बताउँदै फेरि पनि आउने चाहना रहेको समाचार आजको अन्नपूर्णपोष्ट दैनिकले छापेको छ।





Comments

comments

5187