Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पुटिनले किम जोङ उनलाई किन पठाए निम्तो…?

एजेन्सी – उत्तरकोरियाली नेता किम जोङ उनलाई राष्ट्रपति भ्लादिमिर पुटिनले रुस भ्रमण गर्ने निमन्त्रण दिएका छन्। किमले यो निमन्त्रण स्वीकार गरेको समाचार छ।

द्वितीय विश्वयुद्द समाप्तिको वार्षिकीको अवसर पारेर रुसले किमलाई निम्तो गरेको हो। आगामी मेमा किमले रुसको भ्रमण गरे भने उनको पहिलो विश्व भ्रमण हुनेछ। सन् २०११ मा उत्तरकोरियाली नेतृत्वमा चयन भएपछि किमले कुनै पनि देशको भ्रमण गरेका छैनन्। यसअघि, उत्तरकोरियाली नेता किम जोङ इलले सन् २०११ मा रुस भ्रमण गर्दा विश्वमा सनसनी फैलिएको थियो।

यसअघि आफ्ना बाबुको सम्झनामा शोक मनाएकाले किमले विश्वका अन्य देशमा भ्रमण नगरेको समाचार आउँथ्यो। ‘अब त्यो शोकको समय पनि अन्त्य भएको छ,’ उत्तरकोरियाली समाचार एजेन्सीले भनेको छ,‘त्यसैले किमले रुसलाई आफू आउने खबर पठाएका छन्।’ यो खबर बिहीबार सार्वजनिक भएको हो।

९ मेमा रुसमा हुने समारोहमा किमलाई पुटिनको विशेष अनुरोधमा निमन्त्रण पठाइएको द गार्जियनले उल्लेख गरेको छ। विश्वका अन्य शक्ति रुस र उत्तरकोरियाविरुद्द लागिरहेको यो समयमा किमले रूस भ्रमण गर्नुले विशेष सन्देश रहने विश्लेषण छ।

युरोपेली मुलुकले रुसमाथि प्रतिबन्ध लगाएपछि रुसले उत्तरकोरियाको साथ खोजिरहेको छ। आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ, रुसको ग्यास आयातमा युरोपेली मुलुकले कमी ल्याएपछि रुस आफ्नो ग्यास उत्तरकोरियामा निर्यात गर्न चाहन्छ। यही विषयमा दुई देशबीच अझ सुमधुर सम्बन्ध होस् भन्नका लागि पनि रुसले उत्तरकोरियालाई निम्तो दिएको विश्लेषण छ।

उता, रुससँग सम्बन्ध बिस्तारमा उत्तरकोरियासँग पनि स्वार्थ छ। उत्तरकोरिया विश्वमा आफ्नो आलोचना घटाउन चाहन्छ। रुसको सहयोग पाएको खण्डमा मात्र त्यो सम्भव छ। त्यस्तै मानवअधिकारका विषयमा विश्वले गरिरहेको उत्तरकोरियाली आलोचना पनि रुसकै माध्यमबाट कम होस् भन्ने उत्तरकोरियाको चाहना छ।





Comments

comments

5204