Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गुरूहरू मिलेर स्कुलमै खाइयो ५७ हजारको रक्सी

धनगढी चैत ८ – कैलालीको गदरियास्थित जनता उच्चमाविका प्रधानाध्यापकलगायत शिक्षकहरुले स्कुलमै ५७ हजारको रक्सी सेवन गरेको बिल लेखापरीक्षण पास गराएका छन्।

२०६९ सालको लेखापरीक्षणमा रक्सी खाएको बिल पास भएको तथ्य अहिले विद्यालयका शिक्षक दुई समूहमा विभाजित भएपछि बाहिर आएको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ।

प्रधानाध्यापक हरिप्रसाद यादवले मदिराका बिल पास गराएको आरोप अभिभावकले लगाएका छन्। ‘विद्यालयलाई सरस्वतीको मन्दिर मानिन्छ, विद्यालयबाट पाँच सय मिटरभित्र मदिरा बिक्री गर्न पनि पाइँदैन, तर प्रधानाध्यापकले मदिरा सेवन गरेका बिल पास गराएका छन्,’ अभिभावक चन्द्रबहादुर बोहराले भने।

२०६९ सालको लेखापरीक्षणमा भोड्का, भर्जिन, जिन, बियर र मासुको गरी ५७ हजार रुपैयाँभन्दा बढीका बिल पास गराइएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ। गदरिया कैलाली सदरमुकामदेखि ४० किमी पूर्वमा पर्छ।





Comments

comments

5201