Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

निर्वाचन समिति बनाउदै नेपाली समाज यूएई पार्षद भेला सम्पन्न

त्रिलोचन ढकाल / एचकेनेपाल डट कम –
यूएईमा कार्यरत सम्पूर्ण नेपाली सामाजिक संघसस्थाहरु मध्य नेपाली समाज यूएईलाई सबभन्दा जेठो र साझा सस्थाको रुपमा मानिदै आएको हुनाले समाजलाई बचाउनेतिर लाग्नु पर्ने नेपाली समाजको पार्षद भेलामा वक्ताहरुले बताएका छन्।

मार्च २० तारिक नेपाली समाज युएईको पार्षद भेला युएइको सिंधापंजाप होटलमा सम्पन्न भएको छ। पार्षद भेलाले नेपाली समाज युएईको २०१३/१५ कार्यसमितिको अवधि सकिएपछि नयाँ समिति निर्माण गर्न आवश्यक प्रकियामा जान तथा आजीवन सदस्य, सस्थापक सदस्य, युएईमा रहेका संघसस्था हरुलाई समाजमा सूचीकृत गर्ने गरि ५ सदस्य निर्वाचन समिति बनेको छ।

कृष्ण पौडेल संयोजकत्वमा गठिन ५ सदस्यीय निर्वाचन समितिमा गोपाल कंडेल , मणि भुर्तेल , शिबदत्व शिवा र श्याम पोखरेल सदस्य रहेका छन। समितिले निर्वाचनसंगै समाजको आवश्यक बिधान संसोधनको लागि पनि काम गर्न पाउने भेलाले जिम्मेवारी दिएको छ।

पछिल्लो समय समाज सस्थागत नभएको भन्दै भेलामा सस्थालाई अझ व्यवस्थितरुपमा संचालन गर्ने बाताबरण कसरी बनाउन सकिन्छ भनेर अध्ययन गर्ने लगायत सम्पूर्ण अधिकार गठित निर्वाचन समितिलाई भेलाले दिएको अध्यक्ष ज्ञानेन्द्र बहादुर कार्कीले बताए। पार्षद अध्यक्ष बिदुर रावतको सभापतित्वमा सम्पन्न भेला पार्षद सदस्य कृष्ण पौडेलले संचालन गरेका थिए।





Comments

comments

5208