Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एसिड छ्याप्ने जीवनविरुद्ध ज्यान मुद्धा

काठमाडौं, चैत ९ – प्रहरीले संगीता मगर र सीमा बस्नेतमाथि एसिड प्रहार गरेको आरोपमा पक्राउ परेका जीवन बिकविरुद्ध आइतबार काठमाडौं जिल्ला अदालतमा ज्यान मुद्धा दर्ता गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी दिनेश आर्चायका अनुसार मलुकी ऐनको ज्यानसम्बन्धी महलको ज्यान मार्ने उद्योगअन्तर्गतको अपराधमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट १५ दिनको अनुमति लिइएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

त्यस्तै जीवनले प्रहरीले सार्वजनिक गरेको स्केच नमिलेपछि उनी पक्राउ पर्नेबाट ढुक्क थिए। स्केच नमिलेपछि आफू सुरक्षित महसुस गरेको उनले प्रहरी समक्ष बयान दिएका छन्।





Comments

comments

5222