हङकङबासीले जुलाई १ तारिख ट्राम र फेरीको ‘फ्री राइड’ को मजा लिन पाउंने…

एचकेनेपाल डट कम –

हङकङ, २९ जुन । हङकङवासीहरूले जुलाई १ तारिख निःशुल्क ट्राम र पानी जहाज सवारीको मजा लिन पाउंने भएका छन्।

फर्च्युन फेरीले शुक्रबार जुलाई १ तारिख हङकङवासीहरूलाई हङकङ एसएआरको स्थापनाको २५औँ वार्षिकोत्सवको अवसरमा नर्थ पोइन्ट – काइ तक – कुन तोङ रूटमा नि:शुल्क फेरी सवारीको सेवा दिन लागेको हो।

त्यस्तै, यसअघि चाइना ताइपिङ बीमा समूहले हङकङको वार्षिकोत्सवको अवसरमा सोही दिन निःशुल्क ट्राम सवारीको मजा लिन पाउंने घोषणा गरिसकेको छ।

चाइना ताइपिङ बीमा समूहले हङकङको स्थापनाको वार्षिकोत्सव मनाउन जुलाई १ मा निःशुल्क ट्राम सवारी दिवस सुरु गरेको हो।

कम्पनीले निःशुल्क सवारीको मजा लिन सबै नागरिकहरूलाई स्वागत छ भनेको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

52238