हङकङबासीहरूले जुलाई १ तारिख ‘फ्री ट्राम राइड’ को मजा लिन पाउंने…

एचकेनेपाल डट कम –

हङकङ, २० जुन । हङकङवासीहरूले जुलाई १ तारिख निःशुल्क ट्राम सवारीको मजा लिन पाउंने भएका छन्।

जुलाई १ तारिख हङकङ एसएआरको स्थापनाको २५ औं वार्षिकोत्सवको अवसरमा नागरिकहरूले निःशुल्क ट्राम सवारीको मजा लिन सक्ने छन्।

चाइना ताइपिङ बीमा समूहले हङकङको स्थापनाको वार्षिकोत्सव मनाउन जुलाई १ मा निःशुल्क ट्राम सवारी दिवस सुरु गरेको हो।

कम्पनीले निःशुल्क सवारीको मजा लिन सबै नागरिकहरूलाई स्वागत छ भनेको छ।





Comments

comments

51855