हङकङमा आज कोरोनाको १,३२७ नयाँ केस थपिए…

एचकेनेपाल डट कम –

हङकङ, २० जुन । हङकङमा आज कोभिड-१९ पुष्टि भएका कुल १,३२७ संक्रमित केसहरु थपिएका छन्।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. चुआंग चुक-क्वानका अनुसार ११८६ स्थानीय र १४१ आयातित गरी कुल १,३२७ संक्रमित केसहरु थपिएका छन्।

कोभिड-१९ को ११८६ स्थानीय केसमध्ये ४३५ पीसीआर र ७५१ जनाको आरएटी परीक्षणबाट पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन्।

आयातितमध्ये ७२ जनामा विमानस्थलको अस्थायी नमूना परीक्षण केन्द्रमा पोजेटिभ देखिएका हुन् भने तोकिएका क्वारेन्टिन होटलमा ४६ जनामा पोजेटिभ देखिएको छ।

हङकङमा हालसम्म कुल १,२१५,३८० कोभिड-१९ का केसहरू रेकर्ड भएका छन्।

आज २८९ विद्यालयमा ३३५ विद्यार्थी र ७३ शिक्षक कर्मचारी गरी ४०८ जनामा पोजेटिभ देखिएको छ।

हङकङमा २४ घण्टाभित्र कोरोना संक्रमितको १ जना बिरामीको मृत्यु भएको छ। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म हङकङमा मृत्यु हुनेको कुल संख्या ९,१८३ पुगेको छ।

२४ घण्टामा ३२ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।





Comments

comments

51869