BGNCCC द्वारा सर्वदलीय संसदीय फोरम मार्फत नागरिकता निरन्तरताको प्रस्ताव संसदमा दर्ता

सन्तोष थलङ –

ब्रिटिश गोरखाहरुको नेपाली नागरिकता निरन्तरता तथा समानताका लागि गठित सर्वदलीय संसदीय फोरम ( All party parliamentary forum) ले ब्रिटिश गोरखाहरुको वंशजको नेपाली नागरिकता निरन्तरता सुनिश्चित हुनपर्ने जटिल बिषयमा मिति २०७९ साल, आषाढ ३ गते प्रतिनिधि सभामा “जरुरी सार्वजनिक महत्वको प्रस्ताव” दर्ता गराएको छ।

माननीय शेरबहादुर तामाङ प्रस्तावक रहनुभएको उक्त प्रस्ताव को समर्थकमा अन्य १३ माननिय संसदहरु रहनु भएकोछ।

प्रस्तावमा, जम्मा ११ बुंदा समाबेश गरेर ब्रिटिश गोरखा र गोरखा सन्ततिहरुलाई आम गैरआवासीय नेपाली सरह ठान्न नहुने, साथै गोरखाले नेपालको सार्वभौमिकता र राष्ट्रिय अखण्डताका लागि दिएको बलिदान, १८१६ को सुगौली सन्धि, १९४७ को त्रिपक्षीय सम्झौतालगायत बिभिन्न समयमा भएका अन्य सन्धि सम्झौताका आधारमा गोरखाहरुलाई सरकारले बेलायती राष्ट्रिय सैन्य सेवामा पठाएको कारण सृजित हालको परिस्थितिलाई मध्यनजर गर्दै ब्रिटिश गोरखाहरुले वाध्यताबस बेलायती अंगीकृत नागरिकता लिन परे पनि उनका वंशजको नेपाली नागरिकताको अधिकारबाट बञ्चित गर्न ऐतिहासिक आधारहरु एवं अन्तर्राष्ट्रिय कानून र मानव अधिकारको दृष्टिकोणबाट पनि गम्भीर त्रुटि हुने जोडदार तर्क प्रस्तुत गरेको छ।

उक्त “जरुरी सार्वजनिक महत्वको प्रस्ताव” द्वारा स्पष्टरुपमा ब्रिटिश गोरखाहरुले बेलायत र हङकङमा सम्मानार्थ ब्रिटिश अंगीकृत नागरिकता (Naturalization) प्राप्त गरे पनि उनीहरुले प्राप्त गरिसकेको बंशजको नेपाली नागरिकता यथास्थिति मै निरन्तर रहनुपर्ने, साथै बेलायत/हङकङमा जन्मिएका तिनका सन्ततिहरुले स्वत: बंशजको नेपाली नागरिकता प्राप्त गर्न सक्ने सम्बिधान र ऐनमा प्रष्ट ब्यावस्था गरिनु पर्ने निर्बिल्प माग राखिएको छ।

ब्रिटिश गोरखाका बंशजको नागरिकता निरन्तरताको बिषयमा “जरुरी सार्वजनिक महत्वको प्रस्ताव” संसदमा दर्ता हुनु एक ऐतिहासिक काम भएको छ । यसका लागि कानूनी सल्लाहकार डा. चन्द्रकान्त ज्ञवाली, सर्बदलीय संसदीय फोरमका संयोजक मा. शेरबहादुर तामाङ लगायत उक्त प्रस्तावको समर्थकहरु क्रमशः मा. योगेश भट्टराई, मा.यक्षराज सुनुवार, मा. प्रमिला राई, मा. हिरा गुरुङ, मा. महेन्द्र लिम्बू, मा.मिना सुब्बा, मा. हेमकुमार राई, मा. सुदन किराती, मा. सुरेश कुमार राई, मा. जयकुमार राई, मा. राजेन्द्र कुमार राई, मा. बसन्त कुमार नेम्बाङ, मा. बिधा भट्टराई साथै सम्पूर्ण सर्वदलीय संसदीय फोरमका माननिय संसद सदश्यहरुप्रति सम्पूर्ण ब्रिटिश गोरखा समुदायका तर्फबाट BGNCCC-UK/Nepal ले सधन्यवाद आभार ब्यक्त गरेको छ।
जय गोरखा !!!





Comments

comments

51902