युक्रेनका राष्ट्रपति र नर्वेका प्रधानमन्त्रीबीच छलफल

किभ, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्की र नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोरबीच भेटवार्ता भएको छ।

युक्रेन भ्रमणमा रहनुभएका नर्वेली प्रधानमन्त्री स्टोरले शुक्रबार भएको भेटवार्ताका क्रममा युक्रेनलाई नर्वेले गर्न सक्ने सहयोगका बारेमा कुराकानी गर्नुभएको जनाइएको छ।

रुसले युक्रेनमाथि आक्रमण गरेदेखि नै युक्रेनको पक्षमा उभिदै आएको नर्वेले यसअघि पनि विभिन्न सहयोग गर्दै आएको थियो।

नर्वेले युक्रेनमाथि आक्रमण गरेर रुसले गलत गरेको भन्दै तत्काल आक्रमण रोक्न र वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गर्दै आएको थियो।

भेटवार्ताका क्रममा युक्रेनी राष्ट्रपति जेलेनेक्सीले नर्वेको सहयोग र समर्थनका लागि धन्यवाद ज्ञापन गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सो अवसरमा उहाँले सुरक्षा, राजनीतिक र मानवीय सहयोग नर्वेले गरेको स्मरण गर्नुभएको थियो।

प्रधानमन्त्री स्टोरले युक्रेन भ्रमणका क्रममा आक्रमणबाट क्षतिग्रस्त भएका केही ठाउँको स्थलगत निरीक्षण पनि गर्नुभएको र अन्य विभिन्न व्यक्तिहरूसँग पनि सामान्य छलफल गर्नुभएको थियो। रासस / सिन्ह्वा





Comments

comments

52403