हङकङमा यो वर्षकै पहिलो सामुद्रिक आँधी N0. 8 जारी, जनजीवन प्रभावित…

।एचकेनेपाल डट कम –

हङकङ, १ जुलाई । हङकङ अब्जरभेटरीले यो वर्षकै पहिलो सामुद्रिक आँधी SE N0. 8 (उष्णकटिबंधीय चक्रवात) चेतावनी सङ्केतको घोषणा जारी गरेको छ।

फाइल फोटो

अब्जरभेटरीले ७:१० बजे सामुद्रिक आँधी SE N0. 8 जारी गरेको हो। यसको मतलब ६३ किलोमिटर प्रतिघण्टा वा सोभन्दा बढीको गतिमा हावा चल्ने अनुमान गरिएको छ।

अब्जरभेटरीले तीव्र उष्णकटिबंधीय आँधी चाबा आज राति र भोलि शनिबार बिहान हङकङको सबैभन्दा नजिक हुने जनाएको छ। चाबासँग सम्बन्धित रेनब्यान्डले हङकङमा कहिलेकाहीँ भारी वर्षा र आँधी ल्याउने जनाएको छ।

मौसम पर्यवेक्षकले जतिसक्दो चाँडो सबै सावधानी पुरा गर्न र तटीय क्षेत्रबाट टाढा रहन र पानी खेलहरूमा संलग्न नहुन सर्वसाधारणलाई सुझाव दिएको छ।

सामुद्रिक आँधीका कारण स्टार फेरी सामुद्रिक बाटो, केही बस सेवाहरु, शैक्षिक र व्यापारिक प्रतिष्ठानहरु बन्द गरिएका छन्। केएमबीका केही बस सेवा साढे १० बजेपछि बन्द हुने जनाइएको छ। एमटीआर कर्पोरेशनले रेल सेवा भने सामान्य रहने जनाएको छ।

फाईल भिडियोः





Comments

comments

52366