Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अमेरिकामा को–कोलाई भेटे प्रधानमन्त्रीले ?

विजय थापा / एचकेनेपाल डट कम –
न्यूयोर्क। स्वास्थ्य उपचारका लागि अमेरिकामा रहनुभएका प्रधानमन्त्री सुशील कोइरालाले न्यूयोर्कमा नेपाली समुदायसँग भेटवार्ता गर्नुभएको छ।

अमेरिकाको मेरिल्याण्ड र पेन्सेलभेनियाका लागि नेपाली अवैतानिक महावाणिज्यदूत प्रेमराजा महतको नेतृत्वमा गएको प्रतिनिधि टोलीले प्रधानमन्त्रीसँग भेटवार्ता गरेको हो। भेटमा एनआरएन अमेरिकाका नवनिर्वाचित अध्यक्ष खगेन्द्र क्षेत्री र वरिष्ठ उपाध्यक्ष लोकनाथ तिवारी पनि सहभागी हुनुहुन्थ्यो।

भेटमा विदेशमा रहेका नेपाली नागरिकहरुको नागरिकताको निरन्तरताका सन्दर्भमा छलफल भएको महावाणिज्यदूत महतले जानकारी दिनुभयो। एनआरएन वरिष्ठ उपाध्यक्ष एवं अमेरिकाका व्यवसायी तिवारीले नेपालको विकासका लागि योगदान पुर्याउनका लागि आफूहरु प्रतिबद्ध रहेको बताउनुभयो।

भेटमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा समेत छलफल भएको थियो। जवाफमा प्रधानमन्त्री कोइरालाले आफू पूर्ण रुपमा स्वस्थ भएको भन्दै देशमा फर्किएर पूर्ववत अवस्थामा काम गर्न सक्ने अवस्थामा रहेको बताउनुभयो।

महावाणिज्यदूत महत, एनआरएन अमेरिकाका अध्यक्ष क्षत्री र वरिष्ठ उपाध्यक्ष तिवारीले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्नुभएको थियो। न्यूयोर्कमा रहँदा पनि प्रधानमन्त्री कोइरालाले नेपाली समुदायसँग भेट र अन्तरक्रिया गर्दै आउनुभएको छ। प्रधानमन्त्री कोइराला सोमबार न्यूयोर्कबाट स्वदेश फर्कदैँ हुनुहुन्छ।





Comments

comments

528