बेलायतमा यसरी मनाइयो भानुजयन्ती…

कोमल मल्ल –
लण्डन, बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूकेले २०९औँ भानुजयन्ती विविध साहित्यिक कार्यक्रमसहित उत्साहवर्धकरूपमा मनाइएको छ।

वेस्ट लन्डन,एक्टन स्थित ए बि आइ कलेजमा आयोजित उक्त समारोहमा पुस्तक विमोचन तथापुरस्कार वितरण गर्नुहँदै समारोहका प्रमख परिषद्का पदेन संरक्षक राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली भाषा साहित्यको जागरण र सम्मान अभिबृद्धि गर्नमा आदिकवि भानुभक्तको योगदान गहन रहेको चर्चा गर्नुका साथै नेपाली भाषा साहित्यको विकासमा नेपाली साहित्य विकास परिषद्को विशिष्ट योगदान र इतिहास रहेको चर्चा गर्नु भयो। आफ्ना सिर्जनाहरूद्वारा समाजलाई परिवर्तनतर्फ उन्नमुख गराउने सर्जकहरूको सम्मान गर्न पाउँदा खुसी लागेको चर्चा गर्नुहुँदै राजदूत आचार्यले डा. सुधा श्रेष्ठको पुस्तक थेम्सनदीका दुई किनारामा समेटिएका कविताहरूले पनि सामाजिक चेतनाको विकासमा महत्वपूर्ण योगदान पु-याउने विश्वास व्यक्त गर्नु भयो।

समारोहमा सम्मान अभिनन्दन ग्रहण गर्नुहुँदै विशिष्ट अतिथि वरिष्ठ चलचित्र निर्देशक तथा सङ्गीतकार किरण प्रधानले बेलायतको माटोमा आफूले पहिलो नेपाली चलचित्र कस्तुरी बनाउँदाको अनुभूतिहरू चर्चा गर्नुहुँदै परिषद्का संरक्षक राजदूतबाट आज सम्मानित हुन पाउँदा आफूलाई हर्षानुभूति भएको छ भन्नु भयो । उहाँले यसरी कला साहित्य सङ्गीत क्षेत्रमा लागेका सर्जकहरूसलाई एकठाउँमा भेला गरेर उनीहरूले गरेका कामहरूको हेक्का राखेर कदर गर्नु भनेको समाजमा ठूलो प्रेरणा जगाउनु हो जुन कार्य गरेर नेपाली साहित्य विकास परिषद् यूकेले बेलायती माटोमा नेपाली पहिचान फलाउने फूलाउने सराहनीय काम गरेको छ भन्नु भयो।

समारोहमा आदिकवि भानुभक्त आचार्यको जीवनीबारे प्रकाश पार्नुहुँदै परिषदका संस्थापक तथा निवर्तमान अध्यक्ष वरिष्ठ सहित्यकार सुरेशजङ्ग शाहले त्यसवेला अत्यन्त अविकसित समाज रहेको इतिहासको त्यो कालखण्डमा आदिकवि भानुभक्तले नेपाली भाषामा जुन रामायणीय साहित्यको लहर चलाए त्यो आफैमा एक साहासिक कदम थियो र जसले नेपाली साहित्यको यात्रा तथा सामाजको चेतना र एकता जागरण गर्नमा महत्वपूर्ण योगदान पुयाएको चर्चा गर्नु भयो । समारोहमा विमोचित पुस्तक थेम्स नदीका दुई किनारा कविता सङ्ग्रहको समिक्षा गर्नुहुँदै वरिष्ठ साहित्यकार शाहले जीवन र जगतको अन्तर सम्वन्ध र सम्वेदनशीलताको प्रसङ्ग कवयित्री डा.सुधा श्रेष्ठले आफ्ना कविताहरूमा मार्मिकरूपले उठाएकी छन् भन्नुभयो।

सभापतिको आसनबाट वोल्नुहुदै परिषदका अध्यक्ष वरिष्ठ कवि कोमल प्रसाद श्रेष्ठ मल्लले नेपाली साहित्य विकास परिषद यूकेले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै बेलायतमा भानु जयन्ती मनाउँदै आएको चर्चा गर्नुहँदै नेपाली पहिचान युगयुगसम्म जीवन्त राख्न हाम्रो भाषा साहित्य संस्कृति चिनारीहरू जोगाउदै लैजानु पर्ने औचित्य तर्फ प्रकाश पार्नुभयो।

यसअघि सनारोहमा विमोचित आफनो पुस्तक थेम्स नदीका दुई किनाराबारे बोल्नुहँदै लेखक परिषद्की उपाध्यक्ष कवयित्री डा.सुधा श्रेष्ठले यस पुस्तकमा सङ्ग्रहित आफना कविताहरू जीवन र जगतकोअन्तर घुलनमा नया सोच र प्रेणाको जागरण हुनु पर्ने र आज देशले भोक्न परेका विकृत राजनीतिकबाट उब्जनी भएका पीडाहरूबाट उन्मुक्ति खोजेका छन् भन्न्नु भयो । आरम्भमा कार्यक्रमको सञ्चालन गर्नुहुँदै परिषद्का महासचिव वीरेन्द्र कुँवरले नेपाली साहित्यका सर्जक र सिर्जनाहरू उम्रने खेती बेलायती माटोमा विगत साढे दुई दशक भन्दा बढी समयदेखि परिषदले गर्ोदैआएको चर्चा गर्नु भयो । उहाँले बेलायतमा साहित्यिक माहोलको सुरूवात गरेर नेपाली साहित्य विकास परिषदले एउटा संवेदनशील अगुवाई गरेको इतिहासको चर्चा गर्नु भयो।

आदि कवि भानुभक्त आचार्यको तस्बिरमा माल्यापर्ण र राष्ट्रिय गानबाट आरम्भ भएको समारोहमा परिषद्का पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार कवि हरिसिँह थापाले भानुभक्तका रामायणका श्लोकहरू वाचनगर्नु भएको थियो।

समारोहमा परिषद्का अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्ल र उपाध्यक्ष डा. सुधा श्रेष्ठले परिषद्का पदेन संरक्षक राजदूत ज्ञानचन्द्र आचार्यमा स्वागत सम्मान अभिनन्दन पत्र र पुष्प गच्छाद्वारा सम्मान अर्पण गरिएको थियो । उक्त अवसरमा उपनियोग प्रमुख रोशन खनाललाई पनि पुष्पगुच्छाद्वारा सम्मान गरिएको थियो।

समारोहमा प्रमुख अतिथि परिषद्का संरक्षक राजदूत ज्ञानचन्द्र आचार्यले हाल बेलायतको भ्रमणमा रहनु भएका नेपालका वरिष्ठ चलचित्र निर्देश, लेखक, सङ्गीतकार, गायक डा.किरण प्रधानलाई उहाँले चार दशकभन्दा बढी समयदेखि नेपाली भाषा साहित्य, गीतसङ्गीत, कला चलचित्र आदिक्षेत्रमा पुयाउनु भएको प्रशंसनीय योगदानको कदर गर्दै नेपाली साहित्य विकास परिषद् यूकेद्वारा अर्पण गरिएको विशिष्ट सम्मान अभिनन्दन पत्रद्वारा सम्मान सुशोभन गर्नुभएको थियो।

यसैगरी राजदूत आचार्यले विगत साढे दुई दशक भन्दा बढी समयदेखि बेलायतमा नेपाली साहित्यको समृद्धिमा निरन्तर योगदान पुयाउँदै आउनु भएकी सर्जक परिषद्की आजीवन सदस्य वरिष्ठ कवयित्री हिन्दमैञा बैद्यलाई एनएलडिसी नेपाली साहित्य पुरस्कार र र गीत सङ्गीत क्षेत्रमा निरन्तर रूपमा लागी परेर नेपाली साहित्य र गीत सङ्गीतको समृद्धिमा प्रशंसनीय योगदान पुयाउँदै आएका वरिष्ठ कलाकार गायक प्रमोद शर्मालाई एनएलडिसी साहित्य कला पुरस्कार र साथै एनएलडिसी साहित्य सम्मान रजत वर्ष अभिनन्दन पत्र पुरस्कार समामन बेलायतमा लामो समयदेखि सिर्जना र संस्थागत क्रियशिलताबाट नेपालीभाषा साहित्यको समृद्धिमा लागी पर्नुहुने परिषद्का सल्लाहकार कवि कृष्ण भट्ट, अन्तराष्ट्रिय साहित्य समाजकी पूर्वअध्यक्ष कवयित्री साहित्यकार लक्ष्मी राई(लारा राई), विश्व नेपाली साहित्य महासंघका पूर्वमहासचिव कवि साहित्यकार केदार साङ्केत आदि सर्जकहरूसाई सुशोभन गर्नुभएको थियो।

पुरस्कार सम्मान सुशोभन कार्यक्रमपछि प्रमुख अतिथि परिषद्का संरक्षक राजदूत ज्ञानचन्द्र आचार्य, उपनियोग प्रमुख रोशन खनाल, विशेष अतिथि वरिष्ठ निर्देशक सङ्गीतकार गायक किरणप्रधान, परिषद्का अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्ल, महासचिव वीरेन्द्र कुँवर र स्वयम् लेखिकाका साथमा परिषद्की उपाध्यक्ष कवयित्री डा.सुधा श्रेष्ठद्वारा लेखित थेम्स नदीका दुई किनारा कविता सङ्ग्रह पुस्तक विमोचन गर्नु भएको थियो।

कार्यक्रममा साहित्य चौतारिका संयोजक साहित्यकार वासु शर्माले आफ्ना मौलिक कृतिहरू स्वाभिमान दुख्दैछ (मुक्तक संग्रह ),फेरि थेम्सकै किनारा कोशिकै सम्झना (कबिता संग्रह)५/५ प्रति पाठकवर्गका लागि परिषद्का अध्यक्ष कोमल मल्ललाई हस्तान्तरण गर्नु भएको थियो।

कार्यक्रम सञ्चालन गर्नुहँदै परिषद्का महासचिव कवि वीरेन्द्र कुँवरले सामाजिक एकता र चेतनाको विकासमा भानुभक्तको साहित्यिक योगदान अत्यन्त महत्वपूर्ण रहेको चर्चा गर्नुभयो।

दोस्रो चरणको कवि गोष्ठी कार्यक्रममा कविता वाचन गर्ने र वाचनका लागि कविता पठाउने कविकवयित्रीहरूमा वसन्त रायक्षेत्री, हरिसिंह थापा, बासु सापकोटा,केदार संकेत, समिप जर्जर, गंगा लिगल , घनबहादुर थापा मगर, हिन्द मैया बैद्य, वीरेन्द्र कुँवर, डा. सुधा श्रेष्ट, कोमल मल्ल र सुरेश जंग शाह हुनुहुन्थ्यो।

कार्यक्रमको अन्तमा रमाइलो जलपान तथा धन्यवाद ज्ञापन गरिएको थियो। समारोहलाई सफल बनाउन आर्थिक तथा भौतिक सहयोग पुराउनुहुनेहरूमा डा. राघव प्रसाद धिताल, डा. सुधा श्रेष्ट, हिन्द मैया बैद्य, घनबहादुर थापा मगर, श्रीमती कृष्णा थापा मगर, ज्ञानेन्द्र राउत, कोहिनूर मल्ल, रमेश श्रेष्ठ, सितू खरेल,एबिआइ कलेजका प्रोप्राइर डाइरेक्टर कृष्ण भट्ट हुनुहुन्थ्यो। समारोह परिषद्का अध्यक्ष कोमल मल्लको सभापतित्वमा सम्पन्न भएको थियो।





Comments

comments

52901
%d bloggers like this: