Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सहचालकको सनकले जर्मनविम्स विमान दुर्घटना

एजेन्सी – मंगलबार फ्रेन्च एल्प्स पर्वतशृंखलामा जर्मनविंग्स विमान दुर्घटना सहचालकले गराएको फ्रान्सका अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन्।

मंगलबारै भेटिएको विमानको भ्वाइस डाटा रेकर्डरबाट यो तथ्य पत्ता लागेको हो। सहचालकले विमान नष्ट गराउन चाहेको फ्रेन्च अधिकारीले जनाएका छन्।

फ्रेन्च सहर र्मोका सरकारी अनुसन्धानकर्ता ब्राइस रोबिनले ब्ल्याकबक्सको भ्वाइस रेकर्डरबाट यो पत्ता लागेको दाबी गरेका छन्। विमान दुर्घटनाको समय सहचालक एक्लै ककपिटममा रहेको पनि खुलेको छ।

‘जब मुख्य पाइलट बाहिर थिए,’ उनले भनेका थिए,‘त्यति वेला सहपाइलटले विमान खसाए। त्यतिबेलो ककपिटमा सन्नाटा छाएको थियो।’

सहचालक २८ वर्षे जर्मन एन्ड्रियाज लुविटस विमान जमिनमा ठोक्किँदासम्म जीवितै रहेको र तर केही नबोलेको पत्ता लागेको छ। ककपिटको ढोका बारम्बार ढक्ढकाइएको आवाज पनि भ्वाइस रेकर्डरमा सुनिएको छ। रेकर्डरमा विमानमा सवार यात्रु चिच्याएको आवाज पनि सुनिएको समाचार एजेन्सीको सहयोगमा आजको नयाँ पत्रिका दैनिकले छापेको छ।


सहचालकको फाइल तस्वीर

उडानको उचाइ घटाउन सहचालकले किन बटन थिचे भन्ने खुलेको छैन। अमेरिकी तथा फ्रेन्च अनुसन्धानले सहचालकको कुनै आतंककारी संस्थासँग सम्बन्ध नभएको पनि दाबी गरेका छन्। उनले आत्महत्या गर्न चाहेको या सनकको कारण विमानको उचाइ बढाउँदै घटाएको हुनसक्ने अनुसन्धानमा संलग्न अधिकारीले जनाएका छन्।





Comments

comments

5297