Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सशस्त्रको सई हुँ भन्दै युवतीसँग प्रेम गर्दै ठग्दै हिडेपछि…

काठमाडौं, चैत १४ – आफू सशस्त्र प्रहरीको सई भएको विश्वासमा पारेर युवतीहरुसँग प्रेम गरी ठगी गर्दै आएका युवक पक्राउ परेका छन्।

महानगरीय अपराध महाशाखा हनुमानढोकाले सशस्त्र प्रहरीको नक्कली पोसाक तथा परिचयपत्र र नक्कली पेस्तोलसहित नुवाकोट नर्जामण्डप घर भएका २४ वर्षीय सहदेव श्रेष्ठलाई शुक्रबार पक्राउ गरेको हो।

बेलाबेला सशस्त्र प्रहरीको युनिफर्म लगाइ नक्कली परिचयपत्रसमेत बनाएर उनले युवतीहरुलाई आफू सई भएको भन्दै विश्वासमा पार्ने गर्दथे। प्रहरी भएको बताउँदा युवतीहरु नजिकिने भएकाले उनले यस्तो तरिका अपनाउने गरेका थिए। युवतीलाई विश्वासमा लिन उनले नक्कली पेस्तोल पनि साथमै राखेका थिए। नजिकिएपछि उनले विभिन्न बहानामा पैसा माग्ने र पछि ठग्ने गरेको अनुसन्धानमामा खुलेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ। महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीका अनुसार चार लाख ८७ हजार ठगी गरेको भन्दै दुई युवतीले उनीविरुद्द उजुरी दिएका छन्। अरु युवतीलाई पनि उनले ठगी गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।





Comments

comments

5307