Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपालमा यसरी मनाइयो विश्व रंगमञ्च दिवस…

एचकेनेपाल डट कम सम्वाददाता-
भक्तपुर, ५४ औं विश्व रंगमञ्च दिवस यस पटक भक्तपुरमा सम्पन्न भएको छ। मार्च २७ का दिन संसारभरिका रंगकर्मीहरुले मनाउदै आएको विश्व रंगमञ्च दिवस यस वर्ष भक्तपुरमा सम्पन्न गरिएको हो।

वरिष्ठ कवि तथा संस्कृति विज्ञ तुलसी दिवस प्रमुख अतिथि रहेको समारोहमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त विशेष अतिथि थिए।

कार्यक्रममा विश्व रंगमञ्च दिवसको अवसरमा प्रेषित सन्देश आईटिआई नेपाल सेन्टरका वर्तमान अध्यक्ष रंगकर्मी अनुप बरालले बाचन गरेका थिए। हरेक वर्ष संसारका कुनै एक रंगकर्मीको सन्देश आईटिआईले संसारभरि प्रेषित गर्दछ। यस वर्ष पोल्यान्डका रंगकर्मी क्रिस्तोफ वार्लिस्कोव्स्कीको सन्देश प्रेषित गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि तुलसी दिवसले हामी सबै जीवनमा नाटक गरिरहेका छौं र सबैले आ–आफ्नो भूमिका निर्वाह गरिरहेका छौं भनेर जीवन र नाटकको सामिप्यताको बारेमा औंल्याए। त्यसैगरी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले नाटकको क्षेत्रमा साझेदारीमा धेरै कार्य गर्न सकिने बताउंदै यो शुरुआत मात्र भएको बताए।

कार्यक्रममा बोल्दै आईटिआई नेपाल च्याप्टरका संस्थापक सदस्य राजेन्द्र रिमालले आगामी दिनहरुमा यो कार्यक्रम अझ बढी उर्जाशील सिर्जनात्मक बनोस् भन्दै शुभकामना व्यक्त गरे। समारोहमा पूर्वाञ्चलमा लामो समयदेखि क्रियाशील रंगकर्मी अल्पना कर्माचार्य तथा एभरेष्ट ईंगलिस स्कूलका भक्तराज राजभण्डारीले पनि बोलेका थिए।

रंगमञ्च दिवसको बारेमा आईटिआई नेपालका उपाध्यक्ष तथा नाट्यसंस्था महासंघका अध्यक्ष विजय विस्फोटले कार्यक्रमका बारेमा प्रकाश पारेका थिए। ईन्टरनेशनल थिएटर ईन्स्टीच्युट (आईटीआई) नेपाल सेन्टरले आयोजना गरेको थियो।





Comments

comments

Leave a Reply

5313