हङकङमा ३,८०५ कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु…

एचकेनेपाल डट कम –

हङकङ, २० जुलाई । हङकङमा कोरोना भाइरसबाट थप ३,८०५ जना सङ्क्रमित भएको स्वास्थ्य सुरक्षा केन्द्रले आज जानकारी दिएको छ।

केन्द्रका डा. चुआंग शुक-क्वानका अनुसार ३६२५ स्थानीय र १८० आयातित गरी कुल ३,८०५ संक्रमित केसहरु थपिएका हुन्।

आयातितमध्ये ६८ जनामा विमानस्थलको अस्थायी नमूना परीक्षण केन्द्रमा पोजेटिभ देखिएका हुन् भने तोकिएका क्वारेन्टिन होटलमा १०२ जनामा पोजेटिभ देखिएको छ। क्वारेन्टिन अवधि सकिएपछि १० जनामा सङ्क्रमण पुष्टि भएको छ।

२९३ विद्यार्थी र ७१ शिक्षक कर्मचारीसहित २९९ विद्यालयमा जम्मा ३६४ जनामा पोजेटिभ देखिएको छ।

पछिल्लो २४ घण्टामा कुल १२६ जना निको भएका छन् भने ११० जना डिस्चार्ज भएर घर फर्केका छन्।

पाँचौं लहरको शुरुवातदेखि हालसम्म कुल ९,२३२ बिरामीको मृत्यु भएको छ भने स्वास्थ्य प्राधिकरणले हिजो १ जनाको मृत्यु भएको जनाएको छ। मृत्यु हुनेमा कोरोनाबिरुद्ध ३ डोज खोप लिएका ६७ वर्षीय पुरुष रहेका छन्। उनी उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए।





Comments

comments

53517