श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित…

कोलम्बो, श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित हुनुभएको छ। बुधबार श्रीलङ्काको संसदमा भएको निर्वाचनमा कार्यवाहक राष्ट्रपति विक्रमासिङ्घे नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो।

-

संसद्का सभामुख महिन्दा यापा अबेवर्देनाले विक्रमासिंघे १३४ मतले विजयी हुनुभएको घोषणा गर्नुभएको छ। गोटाबाया राजापाक्षले राष्ट्रपति पदबाट राजीनामा दिएपछि संसदमा मतदान आह्वान गरेपछि यो निर्वाचन भएको हो।

रासस / सिन्ह्वा





Comments

comments

53500