हङकङमा कोरोनाको ४,३७५ नयाँ केस थपिए, ३ जनाको मृत्यु…

एचकेनेपाल डट कम –

हङकङ, २१ जुलाई । हङकङमा कोरोना भाइरसबाट थप ४,३७५ जना सङ्क्रमित भएको स्वास्थ्य सुरक्षा केन्द्रले आज जानकारी दिएको छ।

केन्द्रका डा. चुआंग शुक-क्वानका अनुसार ४०७६ स्थानीय र २९९ आयातित गरी कुल ४,३७५ संक्रमित केसहरु थपिएका हुन्।

आयातितमध्ये १४० जनामा विमानस्थलको अस्थायी नमूना परीक्षण केन्द्रमा पोजेटिभ देखिएका हुन् भने तोकिएका क्वारेन्टिन होटलमा ११३ जनामा पोजेटिभ देखिएको छ। क्वारेन्टिन अवधि सकिएपछि ४६ जनामा सङ्क्रमण पुष्टि भएको छ।

३१३ विद्यार्थी र ८४ शिक्षक कर्मचारीसहित ३५५ विद्यालयमा जम्मा ४१४ जनामा पोजेटिभ देखिएको छ।

पछिल्लो २४ घण्टामा कुल १३४ जना निको भएका छन् भने १२४ जना डिस्चार्ज भएर घर फर्केका छन्।

पाँचौं लहरको शुरुवातदेखि हालसम्म कुल ९,२३५ बिरामीको मृत्यु भएको छ भने स्वास्थ्य प्राधिकरणले हिजो ३ जनाको मृत्यु भएको जनाएको छ।





Comments

comments

53593