हङकङको ओसन पार्कमा रहेका विश्वकै बृद्ध पान्डा ‘एन एन’ को निधन…

हङकङ, २१ जुलाई । मानव रेखदेख र स्याहार सुसारमा रहेको संसारकै सबैभन्दा बृद्ध पान्डा ‘एन एन’ को ३५ वर्षको उमेरमा निधन भएको छ।

PHOTO: OCEAN PARK HONG KONG/FACEBOOK

एन एन नामको यो पान्डा मानव आयुका हिसाबले एक सय पाँच वर्ष बाँच्यो । पान्ड ब्रिडन (प्रजनक) का अनुसार पान्डाको एक वर्षको उमेर मानव उमेरको तीनदेखि चार वर्ष बराबर हुन्छ।

विगत केही हप्तायता एनएनको स्वास्थ्य बिग्रँदै जाँदा उसले हिँडडुल गर्न मात्र छाडेन, चारोसमेत खाएन । यहाँको ओसन पार्कले एनएनको स्मृतिमा उसकै खोरमा शोक पुस्तिका राख्ने भएको छ । एनएनलाई उसको चलाखी र चञ्चलताका निम्ति क्लबले सधैँ सम्झिइरहने बताएको छ।

संसारमा सबैभन्दा लामो समय जीवित रहेको जियाजिया नामको पोथी पान्डासँगै ११ मार्च १९९९ मा पार्कमा ल्याइएको एनएन चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुवानबाट ल्याइएको थियो । सन् २०१६ मा ३८ वर्षको उमेरमा जियाजियाको मृत्यु भएपछि एनएनले एक्लै महसुस गरेको थियो।

बेलायतले हङकङलाई मुख्य भूमि चीनसमक्ष हस्तान्तरण गरेको अवसर पारेर पान्डा संरक्षण तथा अनुसन्धान केन्द्रबाट केन्द्र सरकारले हङकङ विशेष प्रशासन क्षेत्रलाई विशाल पान्डा अध्ययन–अनुसन्धानका निम्ति प्रदान गरेको थियो।

प्राकृतिक वासस्थानमा पान्डाको औसत आयु २० वर्षको हुने गरेको छ भने मानव स्याहार पाउँदा थप १० वर्ष बाँच्न सक्ने अध्ययनले देखाएको छ । पर्यावरणीय सन्तुलन एवम् जैविक विविधता कायम गर्न पान्डा उपयोगी जनावर हो।

एजेन्सी





Comments

comments

53596