ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता सम्बन्धी नागरिकता ऐनमा संशोधन बिधेयक दर्ता…


सन्तोष थलङ –

ब्रिटिश गोरखा नागरिकता निरन्तरता अभियानको इतिहासमा एउटा अभूतपूर्व उपलब्धीका रुपमा नागरिकता ऐनमा संशोधन बिधेयक दर्ता भएकोछ। अब ब्रिटिश गोरखा र गोरखा सन्तानहरुको नागरिकता निरन्तरताको बिषय सार्वभौम संसदको सम्पत्ति बनेको छ।

संशोधन बिधेयक मस्यौदा बनाउदै…

नेपाल नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको बिधेयकमा प्रतिनिधि सभा नियमावली २०७५ को नियम १११ र नियम ११२ को उपनियम (१) अन्तर्गत ब्रिटिश गोरखा तथा गोरखाका सन्तानहरुले बेलायती आवासीय अधिकार वा अंगीकृत नागरिकता प्राप्त गरेता पनि बंशजको नेपाली नागरिकताले निरन्तरता पाउनु पर्ने सम्बन्धी संसोधन बिधेयक दर्ता भएको छ।

ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता अभियानका लागि गठित सर्वदलीय संसदीय फोरम, कानूनी सल्लाहकार र BGNCCC -Nepal को संयुक्त पहलकदमीमा तयार भएको संशोधन बिधेयक गत श्रावण १ गते २०७९ का दिन सर्वदलीय संसदीय फोरमका संयोजक पूर्वकानून तथा स्वास्थ्य मन्त्री माननीय संसद शेरबहादुर तामाङले प्रतिनिधि सभामा दर्ता गराउनु भएकोछ।

संक्षेपमा नागरिकता ऐन संशोधन बिधेयकमा निम्नलिखित संशोधन प्रस्ताव समावेश गरिएको छ-

संशोधन विधेयकको प्रतिलिपि

मूल ऐनको दफा ३ को उपदफा (१) र मूल ऐनको दफा १० को उपदफा (१) मा जुनसुकै कुरो लेखिएको भएतापनि नेपाली वंशजको नागरिकता प्राप्त गरेका ब्रिटिश गोर्खाहरुको हकमा ब्रिटिश सेनामा काम गरि योगदान गरे बापत सम्मानार्थ ब्रिटिश आवासीय भिसा वा अंगिकृत नागरिकता प्राप्त गरेता पनि निज र निजका सन्तानले प्राप्त गरेको नेपाली वंशजको नागरिकता निरन्तरता कायम रहनेछ, भनि थप गर्नु पर्ने।

साथै ब्रिटिश गोर्खाका सन्तान बेलायतमा नै जन्मि बेलायतको नागरिकता प्राप्त गरेता पनि निजले नेपाली वंशजको नागरिकता प्राप्त गर्न चाहेमा कुनै बाधा पुगेको मानिने छैन, भनि थप गर्नुपर्ने।

त्यसैगरी, दफा ३ मा जुनसुकै कुरा लेखिए पनि उक्त दफामा उपदफा (७) थप गरि ब्रिटिश गोरखा सैनिक तथा निजका सन्तानको बंशजको आधारमा नागरिकता निरन्तरता पाउने कुरामा कुनै बाधा पर्ने छैन, भनि थप गर्नुपर्ने।

ब्रिटिश गोरखा नागरिकता निरन्तरता अभियानलाई राष्ट्रको गम्भीर मुद्दा ठानी आफ्नो क्षमता, दक्षता र समय दिएर सशक्त रुपमा गति दिईरहनु भएका कानूनी सल्लाहकार डा. चन्द्रकान्त ज्ञवाली तथा सर्वदलीय संसदीय फोरमका संयोजक पूर्व मन्त्री शेरबहादुर तामाङलगायत फोरमका सदस्य माननिय संसदहरुप्रति सम्पूर्ण ब्रिटिश गोरखाहरुका तर्फबाट BGNCCC -UK/Nepal ले ससम्मान आभार ब्यक्त गरेकोछ।

साथै BGNCCC- Nepal की संयोजक अधिवक्ता योगिता राई र स़ंरक्षक क्याप्टेन हिमाल राईको सक्रिय भूमिकाप्रति सम्पूर्ण गोरखा समुदाय आभारी रहने नै छन्।
जय गोरखा !!!





Comments

comments

53667