हङकङमा अत्यधिक गर्मी, शेउङ शुईको तापक्रम पुग्यो ३८.९ डिग्री सेल्सियस…

एचकेनेपाल डट कम –

हङकङ, २४ जुलाई । हङकङको तापक्रम आइतबार दिउँसो ३६ डिग्री सेल्सियस पार गरेको छ। हङकङमा लगातर गर्मी बढेको आज दशौं दिन हो।

चर्को गर्मी निरन्तर बढिरहेकोले हङकङ अब्जरभेटरीले हङकङमा अति तातो मौसम चेतावनी लागू गरेको छ।

हङकङ अब्जरभेटरीले दिउँसो ३ बजे शेउङ शुईमा ३८.९ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको जनाएको छ। त्यस्तै, युन लङको तापक्रम ३८.३ पुगेको थियो भने ह्याप्पी भ्यालीमा ३७.६ डिग्रीसम्म पुगेको छ।

अब्जरभेटरीले आगामी नौ दिनसम्म गर्मी कायमै रहने जनाएको छ।





Comments

comments

53819