नेपालबाट आएका १७ जनासहित हङकङमा थपिए ४,५०८ कोरोनाको नयाँ केस, १० जनाको मृत्यु…

एचकेनेपाल डट कम –

हङकङ, २७ जुलाई । हङकङमा कोरोना भाइरसबाट थप ४,५०८ जना सङ्क्रमित भएको स्वास्थ्य सुरक्षा केन्द्रले आज जानकारी दिएको छ।

केन्द्रका डा. चुआंग शुक-क्वानका अनुसार ४२८८ स्थानीय र २२० आयातित गरी कुल ४,५०८ संक्रमित केसहरु थपिएका हुन्।

आयातितमध्ये ११२ जनामा विमानस्थलको अस्थायी नमूना परीक्षण केन्द्रमा पोजेटिभ देखिएका हुन् भने तोकिएका क्वारेन्टिन होटलमा ८७ जनामा पोजेटिभ देखिएको छ। क्वारेन्टिन अवधि सकिएपछि २१ जनामा सङ्क्रमण पुष्टि भएको छ।

आयातित केसहरुमा बेलायतबाट ४३, थाइल्यान्डबाट २०, अमेरिकाबाट १८, सिंगापुरबाट २१, नेपालबाट १७ र फिलिपिन्सबाट आएका १३ रहेका छन्।

३७१ विद्यालयका ३९५ विद्यार्थी र ८७ शिक्षक कर्मचारीसहित जम्मा ४८२ जनामा पोजेटिभ देखिएको छ।

पछिल्लो २४ घण्टामा कुल १८५ जना निको भएका छन् भने १६८ जना डिस्चार्ज भएर घर फर्केका छन्।

पाँचौं लहरको शुरुवातदेखि हालसम्म कुल ९,२६५ बिरामीको मृत्यु भएको छ भने स्वास्थ्य प्राधिकरणले हिजो १० जनाको मृत्यु भएको जनाएको छ।





Comments

comments

54067