हङकङ : अचानक विजुली गएपछि HK$ 100 को क्षतिपूर्ति कुपन बाँड्दै… !

एचकेनेपाल डट कम –

हङकङ, २७ जुलाई । सीएलपी पावर हङकङले युन लङ विद्युत प्रसारण पुलमा आगलागी हुंदा विद्युत अवरुद्धको सामना गर्नु परेका ग्राहकलाई क्षतिपूर्ति स्वरुप १०० हङकङ डलरको कुपन बाँड्ने भएको छ।

गत जुन २१ मा लङ पिङ, वाङ लोक स्ट्रीट, युन लङ नजिक रहेको चाइना पावर कर्पोरेशनको विद्युत प्रसारण पुलमा अचानक आगलागी भएको थियो जसका कारण टिन शुई वाई, युन लङ र ट्युन मुनमा केही घण्टा बिजुली अवरुद्ध भएको थियो।

सीएलपी पावरले आज यसले प्रत्येक प्रभावित आवासीय ग्राहकलाई HK $ 100 कुपन दिने जानकारी दिएको हो। यसको लागि कुल HK$20 मिलियन हङकङ डलर छुट्याइएको जनाइएको छ।

कुपनहरू सेप्टेम्बरमा बाँडिने अपेक्षा गरिएको छ। यसको थप विवरण पछि घोषणा गरिने जनाएको छ।

घटना भएको दिन धेरै प्रभावित बासिन्दाले होटलको कोठा भाडामा लिएर बस्नुपरेको परेको थियो भने केही घरायसी सामानमा क्षति पुगेको गुनासो आएका थिए। व्यवस्थापिकाका केही सदस्यहरुले भने HK$100 को कुपन उनीहरूको घाटाको लागि क्षतिपूर्ति पर्याप्त नभएको बताएका छन्।

आगलागीपछि लङ पिङ प्रसारण पुल भाँचियो ! हेर्नुहोस् भिडियो





Comments

comments

54086