हङकङमा अचानक छायो अँध्यारो… (भिडियोसहित)

एचकेनेपाल डट कम –

हङकङ, २१ जुन । आज साँझ लङ पिङ, वाङ लोक स्ट्रीट, युन लङ नजिक रहेको चाइना पावर कर्पोरेशनको विद्युत प्रसारण पुलमा अचानक आगलागी भएको छ।

आगलागीका कारण युन लङ, टिन शुई वाई र ट्युन मुनका केही भागहरुमा विद्युत कटौती भएपछि अँध्यारो छाएको छ।

स्थानीय मिडियाका अनुसार लङ पिङ, वाङ लोक स्ट्रीट, युन लङ नजिक रहेको चाइना पावर कर्पोरेशनको विद्युत प्रसारण पुलमा अचानक आगलागी भएको हो। आगो नियन्त्रण बाहिर गएपछि पुलको छेउमा आगो बलेको थियो। ठूलो मात्रामा कालो धुवाँ उडेपछि वरपरका बासिन्दाहरूले प्रहरीलाई खबर गरेका थिए। भीषण आगलागीका कारण प्रसारण पुलको बीच भाग भाँचिएको छ।

आगलागीपछि लङ पिङ प्रसारण पुल भाँचियो ! हेर्नुहोस् भिडियो

आगलागीका कारण युन लङ, टिन शुई वाई र टुएन मुन जिल्लाहरूमा ठूलो विद्युत कटौती भएको थियो। धेरै घर, सपिङ मल र अस्पतालहरूमा विद्युत आपूर्ति थिएन।

ट्युन मुनका सडकमा बत्तीहरू पनि निभेका थिए। यसका साथै एमटीआर ट्युन मा लाइनको रेल सेवा पनि निकै प्रभावित भएको थियो। केही नागरिकले विद्युत् कटौतीका कारण मोबाइल फोनमा इन्टरनेट चलाउन नसकिएको पनि औंल्याए। पावर आउटेजले दर्जनौं लिफ्ट रोकिएका थिए।

आगलागीका कारण टिन शुई वाई र युन लङ जिल्लामा व्यापक विद्युत अवरुद्ध भएको प्रहरीले जनाएको छ।





Comments

comments

51914