हङकङमा आज कोरोनाको १,१९८ नयाँ केस थपिए…

एचकेनेपाल डट कम –

हङकङ, २१ जुन । हङकङमा आज कोभिड-१९ पुष्टि भएका कुल १,१९८ केसहरु थपिएका छन्।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. चुआंग चुक-क्वानका अनुसार १०७६ स्थानीय र १२२ आयातित गरी कुल १,१९८ संक्रमित केसहरु थपिएका हुन्।

कोभिड-१९ को १०७६ स्थानीय केसमध्ये ४२९ पीसीआर र ६४७ जनाको आरएटी परीक्षणबाट पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन्।

आयातितमध्ये ६९ जनामा विमानस्थलको अस्थायी नमूना परीक्षण केन्द्रमा पोजेटिभ देखिएका हुन्।

हङकङमा हालसम्म कुल १,२१६,५७८ कोभिड-१९ का केसहरू रेकर्ड भएका छन्।

आज १४४ विद्यालयमा १४३ विद्यार्थी र ३४ शिक्षक कर्मचारी गरी १७७ जनामा पोजेटिभ देखिएको छ।

हङकङमा २४ घण्टाभित्र कोरोना संक्रमितको कुनै पनि बिरामीको मृत्यु भएको छैन। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म हङकङमा मृत्यु हुनेको कुल संख्या ९,१८३ पुगेको छ।

२४ घण्टामा ५० जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

51908