सोमपाल समाज यूकेद्वारा एम्बुलेन्स हस्तान्तरण समारोह

सुमलकुमार गुरूङ / एचकेनेपाल डट कम-
लण्डन – यूकेमा बसोबास गर्दै आएका सोमपालवासीहरुको संगठन सोमपाल समाज यूकेले अब आउने १० अप्रिल २०१५ अर्थात विक्रम सम्बत २०७२, चैत्र २७का दिन स्याङजा पञ्चमूल गाविस राजास्वाँरा स्थित अस्पतालका लागि एउटा एम्बुलेन्स भव्य समारोह बिच प्रदान गरिदैछ।

यस समाजका संस्थापक अध्यक्ष तथा कार्यक्रमका संयोजक बिजयबहादुर गुरुङका अनुसार पहाडी क्षेत्रमा बसोबास गर्दै आएका बिपन्न जनसमुदायका कठिनाईहरुलाई मध्येनजर गरेर ती बिपन्न वर्गका जनसमुदायलाई सेवा प्रदान गर्नका लागि जुमबहादुर गुरुङको अध्यक्षतामा एउटा एम्बुलेन्स कमिटी स्थापना गरेको कुरा बताएका छन्।

यूकेका सोमपालवासीहरुको पहलमा चन्दा संकलन गरेर खरिद गरेको एम्बुलेन्स हस्तान्तरणका लागि यस कार्यक्रमको संयोजक तथा समाजका संस्थापक अध्यक्ष बिजयबहादुर गुरुङ लगायत समाजका सदस्यहरु क्रमशः मायादेवी गुरुङ, समाजका अध्यक्ष रामबहादुर गुरुङ, भूपू अध्यक्ष क्याप्टैन रिटाएर्ड प्रेमबहादुर गुरुङ, रत्ना गुरुङ, जुमबहादुर गुरुङ, टेकबहादुर गुरुङ, भरत गुरुङ सपरिवार, जगदिश गुरुङ, दिपक गुरुङ (डेभिड), नवराज गुरुङ तथा ध्रुब गुरुङ समारोहमा जाने भएका छन्।

संयोजक बिजयबहादुर गुरुङले यस समारोहमा सरीक हुनका लागि पोखरा, काठमाडौं तथा देशविदेशमा छरिएर बसेका सोमपालवासीहरुलाई खुशी बाँड्नको लागि सकुन्जेल सहभागी हुनका लागि आग्रह गरेका छन्। दिनांक ९ अप्रिल २०१५का दिन पोखरामा भेला भएर भरत गुरुङ र नवराज गुरुङको यातायात व्यवस्थापनमा माझु गाउँहुँदै कार्यक्रम स्थलमा पुग्ने कुरा संयोजकले बताएका छन्। माझु गाउँमा आमा समुहले पन्चेबाजाको साथमा सहभागीहरुलाई स्वागत गर्ने योजना रहेको छ।

त्यसपछि आपरान्ह सहभागी टोली माझु गाउँस्थित माझु बुद्ध गुम्बामा गएर राप्रपका महासचिव चन्द्रबहादुर गुरुङको व्यवस्थापनमा दिनको भोजन ग्रहण गरेर राजास्वाँरा अस्पताल पुग्ने सुचना दिएका छन्। राजास्वाँरामा पुगेपछि एम्बुलेन्स हस्तान्तारण र यसको व्यवस्थापन सम्बन्धि बैठक बस्ने कुरा बताएका छन्। त्यसैदिन राजास्वाँरा अस्पतालमा डेन्टिस्ट, ग्यानोकोलिजिष्ट तथा एक जना फिजिसियन उपलब्ध गराउने तैयारी रहेको छ। भोलिपल्ट अर्थात १० अप्रिल २०१५का दिन भव्य समारोहबिच कार्यक्रमका अध्यक्ष चन्द्रबहादुर गुरुङले तैयारी गरिने कार्यक्रम रुपरेखा अनुसार एम्बुलेन्स हस्तान्तरण गरिने भएको छ। यस कार्यक्रमलाई दुई भागमा विभाजन गरिएको छ। पहिलो चरणमा हस्तान्तरण कार्यक्रम तथा दोश्रो चरण तीनघण्टाका लागि ख्यातिप्राप्त सिनेकलाकार तथा गायक राजु गुरुङको संयोजनमा सहभागीहरुलाई भरपूर मनोरञ्जन दिने मनोरञ्जनात्मक कार्यक्रम रहेको छ।

दिनांक ११ अप्रिल २०१५का दिन यूकेबाट कार्यक्रममा सहभागी हुने समुह साथै केही स्थानीय व्यक्तिहरुको समुह पञ्चमूल गाविसस्थित मेजर लक्ष्मिप्रसाद गुरुङका थाप्ले होलिडे रिसोर्टमा उनको आतिथ्यलाई स्वीकारेर भ्रमण गर्ने योजना रहेको छ। संयोजक बिजयबहादुर गुरुङले उनको प्रोजेक्ट र भिजनलाई प्रशंसा गरेका छन्।





Comments

comments

Leave a Reply

5461