चलचित्र ‘चकलेट’को चर्चा हङकङ प्रदर्शनबाट चुलिने

मनोज श्रेष्ठ / एचकेनेपाल डट कम –
काठमाडौं । चलचित्र चकलेट नामैले पनि निक्कै चर्चामा छ। त्यहाँमाथि हास्य क्षेत्रमा स्थापित गैडा अर्थात निर्मल शर्माले निर्देशन गरेको। चलचित्र लगभग तयार भइसकेको छ। र, यो चलचित्रको श्रीगणेश ड्यासपोराबाटै हुने भएको छ। हो, चलचित्र चकलेटको अन्तराष्टिय प्रिमियर नेपालीभाषीको वाहुल्य रहेको हङकङबाट हुने भएको छ।

आउदो जुन २८ गते हङकङमा भब्य प्रदर्शन हुने जानकारी निर्माता खुसी गुरुङले दिइन्। हङकङको सफल प्रदर्शनपछि यूके, अष्टेलियालगायत विश्वको विभिन्न स्थानमा पनि यो चलचित्र देखाईने निर्माताले जनाइन्।

सडक बालबालिकाको जीबनमा आधारित चलचित्र चकलेट हेर्न निर्देशक शर्मा र अर्की निर्माता पुजना प्रधान स्त्रीले पनि हङकङ जाने भएका छन् र उनीहरु पनि दर्शकसामु पहिलो शो हेर्ने भएका छन्।

पछिल्लो समयमा नेपाली चलचित्र एकपछि अर्को फ्लप भइरहेको अवस्थामा यो चलचित्रले पक्कै पनि राम्रो व्यापार गर्नेमा निमाण समूह ढुक्क छन्। किनभने विश्वका झण्डै दर्जन देश वा शहरमा प्रदर्शन गर्ने मिती लगभग तय जस्तै भइसकेको छ। ति देशहरुमा प्रदर्शन गरेपनि लगानी सुरक्षित हुने निर्माण समूहको दावी छ। त्यसपछि नेपालमा स्वीटेवल समय हेरेर नेपाली दर्शकसामु प्रदर्शनमा ल्याइने जनाइएको छ। डा.आयुश्मान घिमिरे, पुजना स्त्री, केशव भट्टराई, कमल मैनाली, सुनिता ठाकुर, अनुज शाक्य, नम्रता झा लगायतले अभिनय गरेको चलचित्र नेपालमा चाडै प्रर्दशनमा आउने जनाइएको छ।





Comments

comments

Leave a Reply

5464