Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पाकेट मारेरै ललितपुरमा तीन तले घर

ललितपुर, चैत २० – पाकेटमारी गरेर एक व्यक्तिले ललितपुरमा ३ तले घर बनाएका छन्। नेपालका विभिन्न ठाउँमा पाकेटमारी गर्दै आएका भारतीय नागरिक जितेन्द्र सिहले पाकेट मारेकै पैसाले नख्खुमा घर बनाएका छन्।

प्रहरीले ५० वर्षीय सिंह र उनका साथी दोलखा घर भएका ४९ वर्षीय सन्चबहादुर तामाङलाई बुधबार पक्राउ गरेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ। ललितपुर प्रहरीले कुमारपाटीबाट उनीहरुलाई पक्राउ गरेको हो।

महानगरीय अपराध शाखा ललितपुरका प्रमुख इन्स्पेक्टर नरेन्द्र चन्दका अनुसार सिंह र तामाङले ३० वर्षदेखि पाकेटमारी गर्दै आएका थिए। ‘पाकेटमारीबाटै आफूले ७०–८० लाख रुपैयाँ कमाएका सिंहले बताएका छन्,’ इन्स्पेक्टर चन्दले भने,‘कतिपटक पाकेट मारेँ भन्ने आफूलाई याद नभएको पनि सिंहले बताएका छन्।’





Comments

comments

Leave a Reply

5470