Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
एमालेभित्र एक्लिंदै छन् खनाल – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एमालेभित्र एक्लिंदै छन् खनाल

काठमाडौं, चैत २० – राजनीतिलाई जनमुखी बनायो भने त्यो नेता दिनानुदिन लोकप्रिय बन्दै राष्ट्र र पार्टीको नेता बन्न पुग्छ। तर, जनमुखी भन्दा आफ्नो भुँडीमुखीतिर केन्द्रित बन्यो भने पार्टी र देशको प्रमुख नेता बनेपछि ओरालो लाग्न सक्छ भन्ने उदाहरण नेपालीलाई दिनसक्ने एमाले नेता झलनाथ खनाल हुन पुगेका छन्।

विगतमा पार्टीको अध्यक्ष र प्रधानमन्त्री बनेका खनालको अवस्था पार्टीभित्र अहिले दिनानुदिन खस्कँदो छ। राज्य मेसिनरी राम्ररी बुझेका र पार्टीका प्रमुख भइसकेका खनाल पार्टीभित्र झन् शक्तिशाली र लोकप्रिय हुनुपर्नेमा उनका साथमा अब दुई पाँच जनाको सानो कोटरी मात्र रहेको टिप्पणी बल्खुमा नै हुन थालेको छ।

पार्टी मुख्यालय बल्खुमा विकास निर्माण, रोजगारी र व्यक्तिगत कामका लागि धाउने कार्यकर्ताको अहिले ओइरो नै लाग्छ। लाग्नु पनि स्वाभाविक हो। एमाले सत्ताधारी दोस्रोे दल हो। नेता कार्यकर्ताले झलनाथ खनालबाट धेरै कामको अपेक्षा गर्नु पनि स्वाभाविक नै हो। तर, झलनाथलाई पार्टी, देश जनता जता लागोस् आफ्नो बन्द व्यापार मात्र फस्टाओस् भन्ने मात्र बढी चिन्ता हुने गरेको टिप्पणी एक नेताले गरे।

‘झलनाथ कमरेडलाई प्रचण्डले प्रधानमन्त्री र पार्टी अध्यक्ष बनाएको हो। कार्यकर्ताले बनाएको भए त एमाले पार्टी र कार्यकर्ताको माया गर्थे नि’ ती नेताले आक्रोश पोखे। एमालेको अध्यक्ष बन्दा र प्रम बन्दा खनाललाई एमाओवादी अध्यक्ष प्रचण्डले सहयोग नगरेका भए उनी प्रम पनि बन्न सक्ने थिएनन्, र सिंहदरबारमा प्रमको फोटो पनि टाँस्न पाउने थिएनन्। कार्यकर्तालाई बिर्सने खनालले अहिले प्रचण्डलाई पनि पूरै बिर्सिसकेका छन्।

केपी ओलीले पार्टीको बागडोर समातेपछि खनालको पार्टीभित्रको पोजिसन माइनसमा पुगेको छ। उनको पक्षमा न त पदाधिकारी छन्, न त पोलिटब्यूरो नै। त्यसैगरी स्थायी समिति र केन्द्रीय समितिका पनि खनाल एक्ला भएका छन्। बल्खुमा खनाललाई छेडखान गर्दै नेताहरु भन्ने गर्छन्, ‘खनालसँग श्रीमती, छोरा, एक हर्बल उद्योग, पर्यटनमन्त्री दीपकचन्द्र अमात्य र केन्द्रीय सदस्य प्रवेश हमाल बाहेक को छ?

खनाल आजभोलि विदेश सयरमा बढी रुचि राख्छन्। उनी कहिले मलेशिया, कहिले हङकङ, कहिले थाइल्यान्ड त कहिले चीनतिर घुम्न निस्कन्छन्।

एमाले विदेश विभागमा रहेका एक सदस्य भन्छन्– ‘घुम्न पाए त दीपकचन्द्र भन्दा पनि प्रोटोकलमा तल रहेर दौडिन्छन्।’ केहीले खनाल आर्थिक उपार्जनमा लागेको पनि बताउँछन्। हेटौंडामा रहेको हर्बल उद्योगले खनाललाई दिनरात टेन्सन दिइरहेको समाचार आजको जनआह्वान साप्ताहिकमा छापिएको छ। त्यो टेन्सन दूर गर्न खनालको आँखा पर्यटनमन्त्री र वायुसेवा निगमतिर केन्द्रित रहेको खनालसँग लामो समयसम्म किचेन क्याबिनेटमा रहेर काम गरेका एक सदस्य बताउँछन्।





Comments

comments

Leave a Reply

5481