Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पोखरामा अन्तर्राष्ट्रिय स्तरको ‘ जू ‘ बन्दै

गिता राना मगर/ एचकेनेपाल डट कम –
पोखरा, २० चैत्र। अन्ततः पोखरामा अन्तर्राष्ट्रिय स्तरको चिडियाखना निर्माण हुने भएको छ। कास्कीको लेखनाथ पचभैयाको जंगलमा चिडियाखाना निर्माण हुने भएको हो।


नमूना फाइल फोटो

चिडियाखानाको आगामी वैशाखको पहिलो साता सिलान्यास हुने चिडियाखाना निर्माण समितिका संयोजक तथा युनाइटेड क्लव पोखराका अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए।

समग्र पोखराको बृहत्तर बिकास योजना अन्तर्गत गठित विभिन्न समिति मध्येको चिडियाखाना निर्माण समितिले आफ्नो समितिलाई पूर्णता दिदै समितिका संयोजक हिमालय बख्रेलले आगामी वैशाखको पहिलो साता लेखनाथको पचभैयाको जंगलमा निर्माण हुन लागेको चिडियाखानाको सिलान्यास हुने वताए। हालै गठित चिडियाखाना निर्माण समितिको सह संयोजकमा जिल्ला बन कार्यालय कास्की, जिल्ला पशु सेवा कार्यालय कास्की, पचभैया सामुदायिक बन उपभोक्ता समिति, चैनपुर सामुदायिक बन उपभोक्ता समिति, चायापानी चिसाकुना सामुदायिक बन उपभोक्ता समिति रहेका छन् भने सचिवमा राजु श्रेष्ठ, कोषाध्यक्ष दामोदर भक्त थापा, सदस्यहरुमा विष्णु पौडेल, दिनानाथ ढकाल, लोक बहादुर थापा, विन्दु परियार, लक्ष्मी लामिछाने, बासुदेव लामिछाने, पचभैया प्रगतिशिल युवा मञ्च रहेका छन्।


पचभैया बन, जहाँ चिडियाखना बन्दै छ..

त्यसैगरी सल्लाहकारहरुमा सभासद यज्ञ वहादुर थापा, मान बहादुर जिसी, सालिग्राम पौडेल लगायत कास्कीका प्रत्यक्ष तथा समानुपातिक सवै सभासदहरु रहेका छन्। प्राविधिक सल्लाहकारमा राष्ट्रिय प्रकृति संरक्षण कोषका पूर्व सदस्यसचिव, बन्यजन्तु विशेषज्ञ जुद्ध बहादुर गुरुङ, पक्षी बिज्ञ तथा वरिष्ठ पर्यटनविद झलक थापा र सदर चिडियाखाना काठमाण्डौका कार्यालय प्रमुख सरिता ज्ञवाली रहेका छन्। त्यसैगरी, अभिभावक संस्थामा जिल्ला बिकास समिति कास्की, युनाइटेड क्लव पोखरा, लेखनाथ उद्योग वाणिज्य संघ, पोखरा उद्योग वाणिज्य संघ रहेका छनभने संरक्षकमा लेखनाथ नगरपालिका रहेका छन्।


चिडियाखनाको नक्शा

सिलान्यासको मिति वैशाख सात गतेलाई भब्य र सभ्य ढंगले सम्पन्न गर्न सिलान्यास समारोहको समिति समेत गठन गरिएको छ। उक्त समितिको संयोजकमा हिमालय बख्रेल रहेका छन् भने प्रचारप्रसारमा राजु श्रेष्ठ, संघ सस्था समन्वय दिनानाथ ढकाल, पूर्वाधार बिकास मोहन बहादुर घिमिरे, अतिथि सत्कारमा बिन्दु परियार, सांस्कृतिक कार्यक्रम लोक वहादुर थापा, स्वयंसेवक परिचालक सरन थापा, अतिथि ब्यवस्थापनमा विष्णु पौडेल, खानाखाजामा अग्निदत्त रिमाल, अनुगमन तथा निरीक्षण विष्णु प्रसाद पोख्रेल, अर्थ तथा मञ्च ब्यवस्थापनमा दामोदर भक्त थापा रहेका छन्।

फोटोः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम





Comments

comments

Leave a Reply

5474