बेइजिङ, चीनले शुक्रबार अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसी र उहाँ निकटतम परिवारका सदस्यविरुद्ध प्रतिबन्ध लगाएको छ।
चिनियाँ विदेशमन्त्रालयले सो निर्णयको घोषणा गर्दै अमेरिकी तीन शीर्ष अधिकारीहरूमध्येकी पेलोसीले देशको चासोलाई वेवास्ता गर्दै ताइवान भ्रमण गर्न जोड दिएको बताएको छ।
यो भ्रमणले चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गर्ने, चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई कमजोर पार्ने, एक चीन सिद्धान्तलाई कुल्चिने र ताइवान क्षेत्रमा शान्ति र स्थिरतालाई खतरामा पार्ने पनि मन्त्रालयले जनाएको छ।
रासस/एएनआई